• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पटेर्वाघाट पुल उद्घाटनपछि स्थानीय भन्छन् – समयमै निर्माण हुनेमा उत्साही छौँ

by
१५ फाल्गुन २०८०,
0
पटेर्वाघाट पुल उद्घाटनपछि स्थानीय भन्छन् – समयमै निर्माण हुनेमा उत्साही छौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्न कमला नदीमा छ सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गरेसँगै स्थानीयहरु वर्षौपछिको समस्या समाधान हुने भन्दै खुसीयाली व्यक्त गरे ।

सबैला नगरपालिका-४ का अध्यक्षसमेत रहेका स्थानीय सत्यनारायण यादवले आफूले बाल्यकालमै पटेर्वाघाटमा पुल बन्ने हल्ला सुने पनि अहिले आएर पुल निर्माणले साथर्कता पाउने अवस्था आएको बताए । प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गर्दै व्यक्त गरेको प्रतिबद्धतापछि स्थानीयसँगै आफू पनि समयमै पुल निर्माण हुनेमा आशावादी बनेको उनले सुनाए ।

“बाल्यावस्थामै पुल बन्छ भन्ने सुनिएको हो तर ढिलै भए पनि निर्माण सुरु भएको छ । अब निर्धारित समयमै पुल बनाएर कमला नदी ९पटेर्वाघाट० को समस्या सधैँका लागि समाधान गर्नुपर्छ”, यादवले भने, “प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी उत्साहित छौँ । त्यसलाई निराशामा परिणत नहुने गरी बजेटलगायतको बन्दोबस्त गर्न हाम्रो आग्रह छ ।”

कल्याणपुर नगरपालिका–५ का अध्यक्ष कुलदीपकुमार यादव पनि पुल निर्माणको खबरले त्यहाँका जनता निकै उत्साहित भएको बताउँछन् । उनले वर्षौँदेखि भोग्दै आएको समस्या समाधान र नदी किनारका नागरिकलाई जोड्न निर्धारित समयमै पुल निर्माण हुने अवस्थाका लागि पनि आग्रह गरे ।

“पुल निर्माण हुने भनेपछि हामी उत्साहित भएका छौँ । तर त्यही खोलाको अर्को पुल १२ वर्षसम्म पनि नबनेको पीडा पनि देखेका छौँ । समयमा काम हुँदैन भनेर जनतामा रहेको अविश्वास तोड्न पनि यो पुल समयमै बनोस्”, वडाध्यक्ष यादवले भने ।

स्थानीय कारीखर्गा यादव, कुमारी महरा, झिमनिया यादव, कलठरीया यादव र वीना यादवले पनि प्रधानमन्त्रीले समयमै पुल बन्छ भनेर आश्वासन दिएपछि आफूहरू उत्साहित भएको तर त्यो वचन पूरा हुन्छ कि हुँदैन भन्ने संशय भने कायमै रहेको बताए ।

महराले भने, “नदीले हामीलाई छुट्याए पनि दुवैतर्फका नागरिकका आफन्त, घरजग्गा वारिपारी छन् । अहिलेसम्म निकै जोखिम मोलेर वारपार गरिरहेका छौँ । वर्षायाममा त प्रत्येक पटक दुई सयसम्म भाडा तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । त्यसबाट मुक्तिका लागि सरकार गम्भीर बनोस् ।”

झिमनिया यादवले त आगामी साढे तीन वर्षभित्रै पुल बन्छ भनेको सुन्दा पनि अहिलेसम्मका सबै सास्तीबाट मुक्ति मिलेका जस्तै आभास भएको बताए । “पुल नहुँदाको पीडा भनी साध्य छैन । जुगौँदेखि सास्ती भोगिरह्यौँ । स्थानीय नेता र प्रधानमन्त्रीले नै अब पुल बन्छ भन्ने आश्वासन दिएपछि केही आशा पलाएको छ । बिन्ति छ यो आशालाई निराशासमा परिणत हुननदिनु होला १”, उनले भने ।

स्थानीय कारिखर्गा यादव पनि वर्षायाममा कमला नदीले दिएको दुःख सम्झिँदा पनि उदेक लाग्ने गरेको तर अब भने सरकारले आफूहरूको पीडा बुझ्ने आशा पलाएको सुनाउँछन् । “यत्रो वर्ष दुःख भोगियो । अब त साढे तीन वर्ष मात्रै त हो १”, उनले खुसी हुँदै भने, “तर, बिन्ती छ त्योभन्दा बढी दुःख भोग्न बाध्य नपार्नुहोला ।”

कल्याणपुर नगरपालिका सिरहाका प्रमुख रामपुकार साहले स्थानीय जनताको मागबमोजिम लामो समयपछि पुल बन्न लागेकामा आफू पनि निकै खुसी र आशावादी बनेको बताए । उनले यो पुल त्यस क्षेत्रका जनताको विकास, सहज आवागमन र वर्षौंदेखिका समस्या निवारण हुने सपनासँग जोडिएकाले सोहीअनुसार निर्धारित समयमै काम हुनुपर्ने बताए ।

“अलि तल हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल वर्षौंदेखि बन्न नसकेका बेला फेरि यहाँ पुल बन्दैछ । त्यसैले विभिन्न शङ्काउपशङ्का त छन् तर अब भने जनताको विश्वास र सपनालाई तोड्नु हुँदैन । सरकार र सम्बन्धित मन्त्रालयले बजेट व्यवस्थापन, नियमित निगरानी र समयमै काम सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ । त्यसमा हामी पनि जोडतोडका साथ लाग्छौँ”, नगरप्रमुख साहले भने ।

लागत एक अर्बभन्दा बढी

स्थानीय जनताको सपनासँग जोडिएको बहुप्रतिक्षित यो पुल अबको ४२ महिनाभित्रै निर्माण गरिसक्नुपर्नेछ । सोहीअनुसार सम्झौता पनि भइसकेको छ । तर कूल रकम एक अर्ब ११ करोड पाँच लाख ७४ हजार आठ सयमा ठेक्का भएको सो योजनाका लागि चालु आर्थिक वर्षमा ६५ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।

योजनाको लागत धेरै तर चालु आर्थिक वर्षका लागि निकै कम बजेट विनियोजन गरिएकामा कतै बजेटको अभावमा काम नहुने त होइन भन्ने चिन्ता छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग पुल सेक्टर काठमाडौँका योजना प्रमुख डिभिजनल इञ्जिनियर आरती साह योजना कार्यान्वयनका लागि बजेट अभाव नहुने बताउँछन् ।

उनी यस्ता प्रकृतिका योजनामा सुरुमै सबै बजेट विनियोजन नभए पनि बजेटको अभाव नहुने बताउँछन् । “चालु आवमा रु ६५ लाख मात्रै विनियोजन गरिएको छ । यस हिसाबले त निर्माण कम्पनीलाई एउटा मेसिन ल्याउने पैसा पनि पुग्दैन भन्ने गुनासो हामीले पनि सुनेका छौँ तर यही आर्थिक वर्षमा रकमान्तर गरेर बजेट बढ्छ र आगामी आर्थिक वर्षमा अझ बढी बजेट बनियोजन हुन्छ ।”

त्यसैमा गत शनिबार प्रधानमन्त्री दाहालले पुल शिलान्यास र समयमै सम्पन्न गर्नका लागि आफ्नो सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएपछि आफूहरू थप उत्साहित भएको साहले बताए । उनी जनविश्वास जित्नका लागि पनि आफूहरूले कुनै प्रश्न नउठ्ने गरी समयमै पुल निर्माण गरिसक्ने बताउँछन् ।

“स्थानीय जनताको आवश्यकताअनुसार हामी द्रुतगतिमा काम गरिरहेका छौँ । एक वर्षभित्र पाइल फाउन्डेसनको काम सकाउने र सकेसम्म विसं २०८२ को माघ नआउनुअघि नै सम्पूर्ण योजनाको कामसक्ने हाम्रो जोड हुन्छ”, योजना प्रमुख साहले भने, “यस कार्यमा प्रधानमन्त्री, विभागीय मन्त्री र सबै तहको दवाव र विश्वास पनि छ । त्यसहिसाबले हामी दत्तचित्त भएर काम गर्छौं ।”

हुन त शिलान्याशपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पनि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन हुने र बजेट अभावका कारण योजना सम्पन्न गर्न कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । “पुलका लागि आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था हुनेछ”, प्रधानमन्त्रीले विश्वास दिलाएका थिए ।

साढे तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी गत वर्ष अर्थात् विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार आगामी विसं २०८२ माघ ५ गते ९४२ महिना० भित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

कञ्चनवन–जानकी मेडिकल मिथिलेश्वर सबैला एनएच २९ नाम दिइएको योजना निर्माणको काम श्री इलाइट एसबिएजेभी, काठमाडौँले गरिरहेको छ । गत भदौ १८ गते पुलको डिजाइन स्वीकृत भई हाल ‘पाइल फाउण्डेशन’ को काम चलिरहेको छ ।

दुई लेनको सो पुलमा १० वटा स्पान रहनेछन् भने एउटा स्पानको लम्बाई ६० मिटर हुनेछ । पुलको चौडाई ११ मिटर रहने छ । पुलको दायाँबायाँ नौ सय ५० मिटर पहुँच सडक, दुवैतर्फ चार हजार दुई सय मिटर नदी नियन्त्रण हुने गरी व्यवस्थापन कार्य हुने सम्झौतामा उल्लेख छ ।

यो पुलले धनुषाको छिरेश्वर नगरपालिका रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल हुँदै जाने सडक सिरहाका सुखीपुर जोड्नेछ । त्यसबाट स्थानीय जनतालाई हुलाकी सडक भएर जानुपर्ने बाध्यता पनि हट्नेछ ।

Previous Post

बाजुरामा सर्वपक्षीय बैठकः चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

Next Post

लघुकथाः हेक्का

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
लघुकथाः तीज

लघुकथाः हेक्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In