हामीले खाएका खानाबाटै हाम्रो शरीर र मस्तिष्कको लागि चाहिने रसायनहरु बन्ने हुँदा खानामा सुधार गरी रोगलाई जटिल हुनुबाट रोक्न सकिन्छ । अल्जाइमर्स रोगमा लाभ गर्ने केही भोजनहरु निम्नानुसार छन्—
– फलफूल, तरकारी, रोटी, गहुँका परिकार, अन्य अन्नहरु, जैतुनको तेल, माछा, रेड वाइन जस्ता खाना रोगीलाई सेवन गराउनु लाभदायक मानिन्छ
– काजु, पेश्ता, देशीवदाम, केराउ, आलु, हरिया सागपात, ब्राउन राइस, गहुँका परिकार, ब्रोकाउली, केरा, ओखर, पालुङ्गो, सूर्यमुखिको बियाँ जस्ता भिटामिन बी युक्त भोजन दैनिक सेवन गर्नु लाभदायक हुन्छ ।
– अमिला फलफूल, स्टे«बेरी, गोलभेडा, अम्बा, ब्रोकाउली बन्दा, हरिया सागपात, पालुङ्गो, केराउ, अंकुरित भोजन, ब्राउन राइस, गहुँको जमरा आदि भीटामीन सी र ई युक्त खानाहरुको सेवन लाभदायक हुन्छ ।
– ओखर, आलस, माछा, जैतुनको तेल आदिलाई दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– चिल्लो र बोसोयुक्त भोजन, चिया, कफी र चिनीको सेवनलाई सकेसमम कम गर्नुपर्दछ ।











