राम्रो तरिकाले गरिएको कुनै पनि कामले हामीलाई आफ्नो बारेको सोचलाई राम्रो बनाइदिन्छ र हामीलाई आफ्नो बारेमा सुखद अनुभव दिन्छ । यसले हामीलाई अरु उच्च स्तरमा अझ राम्रो प्रदर्शनको आत्मविश्वास दिन्छ ।
आफैमा नियन्त्रणको भाव स्वस्थ व्यक्तित्वको लागि अत्यन्त जरुरी छ । आफ्नो योग्यताअनुसार सफलताको लागि हामीमा अब्बल दर्जाको साहस र आत्मविश्वास हुनुपर्छ । अधिक सफलताको लागि हामीमा सन्तुष्टिको भावभन्दा माथि उठेर लगातार काम गर्ने चाहना हुनुपर्छ ।
हामीले आफूलाई जति मनपराउँछौँ त्यति नै हामीमा मौका लिने र अरुसँग धेरै बेरसम्म कुरा गर्ने प्रयास गर्ने विश्वास बढ्ने छ । आफ्नो निर्धारित क्षेत्रमा हामी जति धेरै राम्रो हुन्छौँ, जीवनका अरु क्षेत्रमा पनि त्यति नै शक्तिवर र आत्मविश्वासले भरिएको हुनेछौँ ।













