• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालय जान आउन ६ घण्टा

by
१३ मंसिर २०७९,
0
विद्यालय जान आउन ६ घण्टा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बझाङ। दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ ।

उहाँलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उहाँले ८ कक्षा उत्तीर्ण गर्नुभयो त्यसपछि उहाँको दौडाइ सुरू भयो । गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । “२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ”, उहाँले भन्नुभयो, “रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।”

गोरङका प्रकाश मात्रै हुनुहुन्न, उहाँजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो । छोटा दिन ृहिउँदे यामे मा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भन्नुभयो, “लामो दिनमा त उज्यालोमै घर पुगिन्छ । छोटा दिनमा भने राति पर्छ । सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ ।” टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उहाँ बताउनुभयो ।

उहाँका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन् । “ टाढा भएकै कारण केटा इन्डिया ९भारत० जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ । केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,” उहाँले भन्नुभयो ।

उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन् । “यसमध्ये पनि दुई÷चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ । घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ ।”

विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जानुहुन्छ । धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन । गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ । भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थाल्नुभएको हो ।

नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उहाँले बताउनुभयो । “गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ”, उहाँले भन्नुभयो, “रिम, धामीगाउँ जता गए पनि पाँच÷छ घण्टा बाटोमै बिताउनुपर्छ । दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ । खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ ।”

त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन । वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए । “नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौँ”, पूर्वविद्यार्थी सुनिता विष्टले भन्नुभयो, “१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौँ, तर, रिम पढ्न जाने छ जना मात्रै भयौँ । स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए ।”

उहाँका अनुसार उहाँसँगै विद्यालय जाने छ जना पनि पछिल्लो वर्ष तीन जनामै झरे । “घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो ।” उहाँ सम्झिनुहुन्छ । नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उहाँले बताउनुभयो । “गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन”, उहाँ भन्नुहुन्छ, “विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन् । अरू सर्वसाधारणको त के कुरा ।” गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उहाँ बताउनुहुन्छ ।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताउनुभयो । “बालबालिकालाई निकै टाढा छ”, उहाँले भन्नुभयो, “यो सबै भौगोलिक बनावटले हो । गाउँगाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन । गाउँहरू निकै टाढा–टाढा छन् । त्यो ठाउँबाट विद्यार्थीले हिँडेर आउनुपर्छ । ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वभाविक हो ।”

विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उहाँ भन्छन्, “अहिले छात्रावास छैन । यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौँ । के–के नमिलेर त्यस्तै भयो ।” उहाँका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन् । “तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौँ । नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ ।” उहाँले भन्नुभयो । त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उहाँले बताउनुभयो ।

अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ । गोरङकै विद्यार्थीले पढ्न जाने हो भने झण्डै सात घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ । भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उहाँले जानकारी दिनुभयो ।

Previous Post

सुशासन र विकासबाट भ्रम छर्ने प्रवृतिको अन्त्य गर्ने: प्रचण्ड

Next Post

ई-सिम वितरण गर्दै नेपाल टेलिकम, तपाईंको सेटमा चल्छ ?

सम्बन्धित खबर

मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
फिचर-ब्यानर

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

१० चैत्र २०८२,
Load More
Next Post
ई-सिम वितरण गर्दै नेपाल टेलिकम, तपाईंको सेटमा चल्छ ?

ई-सिम वितरण गर्दै नेपाल टेलिकम, तपाईंको सेटमा चल्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In