पछिल्लो समयमा बदलिँदो जीवनशैली र अत्याधिक तयारी खानाको प्रयोगका कारण पाचनसँग सम्बन्धी समस्याले विकराल रुप लिँदै गएको पाइन्छ । यस्तो अवस्थामा खाएको कुरालाई सजिलै पचाउन घरमै केही उपचार पद्धति अपनाउन सकिन्छ—
– खाना राम्रोसँग चपाएर खाँदा पाचन राम्रो हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने गर्नुपर्छ ।
– मदिराजन्य पदार्थ छुँदै नछुने जुन पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ । गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।
– अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्दा दिसा क्लियर हुने गर्छ ।
– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।
– हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।
– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।
– बढी तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ ।
साभार : ‘स्वास्थ्य खबरपत्रिका’बाट












