धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबारलाई सूर्य देवको पूजा गर्ने विशेष दिन मानिन्छ । यस दिन वर्त बसी पूजा आराधना गरेर सूर्य देवतालाई प्रशन्न गराउँदा इच्छा गरेको फल प्राप्त गर्न सकिने कुरा उल्लेख गरेको पाइन्छ ।
– सूर्यदेवलाई खुशी बनाउँदा समाजमा आदर र सम्मान पाइन्छ ।
– आइतबारको व्रत पूजाले आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामना सिद्धिका साथै तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारण गर्ने कुरा धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ ।
– आइतबारको दिन सूर्य देवको मन्त्रलाई जप गर्नाले पनि कुण्डलीमा भएको सूर्यदोष जाने मान्यता रहेको छ ।













