आज शुक्रबार । शुक्रबारलाई हिन्दु धर्मपरम्परा अनुसार भगवान् शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने विशष दिन मानिन्छ । यस दिनमा माता लक्ष्मीको व्रत बसी विधिवत् रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता छ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सक्खर प्रयोग गर्नु उत्तम मानिन्छ भने व्रतमा अमिलो खान बर्जित गरिएको छ ।
– शुक्रबारको दिन माता लक्ष्मीको व्रत बसी विधिवत पूजा आराधना गर्दा जीवनभर आर्थिक पक्ष बलियो बनाउने मान्यता छ ।
– शुक्रबारको दिन सन्तोषी माताको व्रत बसी पूजा आराधना गर्नाले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुने मान्यता रहिआएको छ ।











