पूर्वजन्मका योगले जो भएको छ, लोभ आसक्ति त्यागेर उपयोग गर । धन, मित्र एवं शरीर भाग्यका तत्त्व हुन् मन नलगाई शान्त जीवनयापन गर । यही हो आपूmलाई चिन्ने उपाय । धेरै कल्पना गर्नु रोग हो । साँचो मित्र, सज्जन प्राणी पाइँदैनन्, छन् भने उपयोग गर्ने सहृदयता चाहियो ।
अनुरागमा प्रतिराग छ । अभावमा विराग छ । आफ्नो मनबाट सम्झ सबैको मन कस्तो छ । लोभ, डर नलिई जो गरिन्छ, त्यो आत्म स्थितिको हो । इच्छा नभए के गर्न सक्छौ । यो तथ्यसँग भेट गर । प्रेममा समर्पण कस्तो हुन्छ, यो सत्यसँग भेट गर । श्वासमा स्मृतिलाई पन्द्रह मिनट राख्न सके, के मनस्थिति बन्दछ । यो रहस्य आफैले आफैमा खोज ।
स्मृति–विस्मृतबाट जो पर छ, त्यसैको नाम ‘रहस्य’ हो । सङ्कल्प÷विकल्प समाप्त हुँदा कस्तो हुन्छ, यो अवस्थामा हुनु आफ्नो सत्य जान्नु हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट











