१. जुन खानाद्वारा पेटमा ग्यास उत्पन्न भएको तथा असजिलो महसुस गराउँदछ त्यस्ता खानाहरुको सेवन नगर्ने ।
२. १ चम्चा त्रिफला चुर्ण एवम् आधा चम्चा तोरीको धुलो खाना खाइसकेपछि खाना खानाले वायु, विकार नष्ट हुन्छ ।
३. खाना खाइसकेपछि ३/४ थोपा दालचिनिको तेल रसगुल्लामा मिलाई सेवन गर्नाले वायु रोग निको हुन्छ ।
४. नाइँटोको वरिपरि सरस्यूँको तेल अथवा हिङ्ग पाउडर लगाउनाले पनि शरीरमा ग्यास बन्न कम हुन्छ ।
५. मुलाको रस, सेतो नुन र एक चिम्टी हिङ्ग खाना खाइसकेपछि सेवन गर्नाले वायुरोग ठीक हुन्छ ।
६. एक चम्चा हरड आधा कप गाईको मुत्रसँग मिलाई एक हप्तासम्म सेवन गर्नाले पेटमा हुने वायु रोग निको हुन्छ । यसलाई खाना पश्चात् सेवन गर्नु उत्तम मानिन्छ ।













