• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिलालाई हतियार बनाएर करोडौँ असुली

by
२ फाल्गुन २०८०,
0
महिलालाई हतियार बनाएर करोडौँ असुली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका-३ घर भई हाल पोखरा महानगरपालिका-३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका-४ घर भई हाल कास्की लेखनाथ नगरपालिका-३० बस्ने ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी सप्तकोसी नगरपालिका बोहोचे घर भई हाल काठमाडौँ-९ सिनामंगल बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ रहेका छन्।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ। उनलाई भक्तपुर कमलविनायक नगरपालिकाबाट पक्राउ गरिएको हो।

दमैविरूद्ध कास्कीमा ९ वटा मुद्दा छन्। उनीविरूद्ध तीन करोड ६५ लाख ५९ हजार रुपैयाँको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुरको मुद्दा छ। उनलाई सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट पक्राउ गरिएको हो। यस्तै, रविनकुमारविरूद्ध बैंकिङ एवम् ठगी सम्बन्धी ७ वटा मुद्दा चितवनमा छन्। उनीविरूद्ध दुई करोड ६० लाख रुपैयाँ बिगो छ। उनलाई सिनामंगलबाट पक्राउ गरिएको रेग्मीले बताए।

यस्तै, लाभविरूद्ध बैंकिङ कसुरको ११ लाख रुपैयाँको मुद्दा काठमाडौँमा छ। उनलाई पनि प्रहरीले सिनामंगलबाट पक्राउ गरेको रेग्मीले बताए। सुनका गरगहना विदेशमा निर्यात गर्दछौँ भन्दै काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरेका थिए।

ठूलो मात्रामा रकम ठगी गरेको भन्दै वीरेन्द सुनारले कास्की प्रहरीमा दुई करोड बिगोको मुद्दा दर्ता गराएका थिए। कास्की प्रहरीले पक्राउको लागि पत्राचार गरेपछि अनुसन्धान कार्यालयको टोली उनको खोजीमा थिए। कुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मीना दमै, रविन कुमार थापा र दिलीपकुमार लाभको संलग्नता खुलेको रेग्मीले बताए।

चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो। यसमा १ करोड ४० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिएर चारै जना फरार भएका थिए। रेग्मीका अनुसार यसपछि उनीहरू भक्तपुर केन्द्रित भए। भक्तपुरको सुडालमा अरू व्यक्तिको नाममा रहेको जग्गा दिलाइदिने भनी दिलीपकुमार लाभले जग्गा बैना गरे।

उक्त जग्गा परिवार अटो मोबाइलका सञ्चालकसँग निसानको किक्स गाडी लिए। उनी १२ आना जग्गा दिन्छु भनेर फरार भए। परिवार अटो मोबाइलका सञ्चालक प्रहरीमा पुगे। प्र-०१-०२३-०१४४ नम्बरको निसान किक्स गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएको भन्दै उनी प्रहरीमा पुगेका थिए। सो गाडी दिलीपकुमार लाभबाट प्रहरीले कम्पनीलाई नै फिर्ता दिलाएको रेग्मीले बताए।

उनीहरूले चितवनमा जग्गा दिन्छु भनी अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको अनुसन्धानले देखाएको छ। कुमार थापाले मीना दमैलाई देखाएर उनको नामको चेक दिने र उनीबाटै कारोबार गर्ने गरेको पाइएको छ। महिलाबाट कारोबार गर्दा विश्वासमा पर्ने भएकाले उनलाई प्रयोग गरेको खुलेको रेग्मीले बताए।

Previous Post

मानुङकोटमा समाधान हुँदै खानेपानी समस्या

Next Post

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In