कास्की – कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदी तथा झन्डै ६३ लाख नगदसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरेको हो।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर ११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो।
कार्यालयका प्रमुख एसपी मोहन थापाले मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको बताए।













