१. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना कहिले भएको हो ?
– २०४५
२. विश्व विद्यालय अनुदान आयोगको गठन कहिले भएको हो ?
– वि.सं. २०५०।८।७
३. आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६–८) २०६९ देशभर लागू गर्न नेपाल सरकारबाट कहिले स्वीकृति भएको हो ?
– वि.सं. २०६९।६।१०
४. नेपालमा शिक्षा दिवस कहिले मनाइन्छ ?
– अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन
५. नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
– वि.सं. २००७
६. वि.सं. २०५८ को जनगणना अनुसार नेपालको साक्षरता प्रतिशत कति हो ?
— ५४%
७. नेपालभर ९ वटा तालिम केन्द्रहरु खोली व्यवस्थित रुपले प्राथमिक शिक्षकहरुको तालिम दिने परियोजना कुन हो ?
— प्राथमिक शिक्षा विकास परियोजना
८. आफ्नो स्थापनाको सुरुको वर्षमा ‘कलेज अफ एजुकेशन’ ले कति अवधिको वि.एड. कार्यक्रम सञ्चालन गरेको थियो ?
– एक वर्षे र चार वर्षे
९. राष्ट्रिय शिक्षा पद्धति योजना, २०२८ ले माध्यमिक विद्यालयलाई कुन कुन प्रकारमा विभक्त गरेको थियो ?
– साधारण, संस्कृत र वेदविद्याश्रम मा.वि
१०. कक्षा १ देखि अँग्रेजी विषय कहिलेदेखि अनिवार्य गरियो ?
– शैक्षिकसत्र २०६०
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












