• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुलाईमा भित्रिए ७० हजार पर्यटक

    एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    ‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

by
२६ माघ २०८०,
0
महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो ।

भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणाधीन शिवमन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीस्थित कालीगण्डकी किनारबाट धर्मपुरामा रहेको हिन्दूहरुको धार्मिकस्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मूर्ति बनाउन पूजाआजा गरी बुधबार शिला लगिएको हो ।

केही दिन अघि मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले पर्वत बेनीको जुगेधारास्थित कालीगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो । पहिचान गरिएको शिलाको बुधबार विहान पूजाआजा गरी दिउँसो ट्रकमा राखेर पठाइएको छ ।

क्रेनको सहयोगले नदीबाट निकालेर ट्रकमा राखेर पठाइएको पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । शिला पठाउन गाउँपालिकाले आवश्यक निर्णयसहित सघाएको थियो । स्थानीय समुदायको समेत सहभागितामा धुमधामका साथ शिलाको बिदाई गरिएको थियो ।

गढीमाई नगरपालिकाले यही माघ २१ गते शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउँदा धार्मिक पर्यटनको प्रवद्र्धन हुने र कालीगण्डकी नदीको थप प्रचारप्रसार हुने अध्यक्ष आचार्यले बताए ।

शिलाले रौतहट, गलेश्वर, मुक्तिनाथबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पालिका अध्यक्ष आचार्यले बताए । उनले भने, ‘कालीगण्डकी नदीको शिला रौतहटस्थित निर्माणधीन गरिबनाथ मन्दिरमा लैजानुले कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर र प्रचारप्रसार गर्न थप सहयोग मिल्ने छ ।’

शिला लैजान आएका गढीमाई नगरपालिका ७ का स्थानीय सुरजभान कुसवाहाले भने, ‘‘अहिले गढीमाईको धर्मपुरमा शिव मन्दिर निर्माणधीन छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउन आवश्यक भएकाले शिला लैजान लागेका हौं । यहाँको शिलाबाट मुर्ति बनेपछि हाम्रो धार्मिकस्थलको महत्व बढ्ने विश्वास गरेका छौँ ।’

हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनारमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसावले महत्पूर्ण हुने धार्मिक व्यक्तिहरुको भनाइ छ । कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन राम्रो हुने विश्वास गरिएको छ ।

कालीगण्डकीबाट लगिने शिलालाई उत्सवको रुपमा गढीमाई नगरपालिका परिक्रमा गरी मन्दिरमा लगिने भएको छ । यसअघि कालीगण्डकी नदिकै किनारवाट दुईवटा शिला भारतको हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा लगिएको थियो ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । नेपालका प्रमुख हिमनदीमध्ये कालीगण्डकी पनि एक हो । हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भई आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो ।

Previous Post

विज्ञानलाई चुनौती दिँदै आगोको भुँग्रोमा नाच

Next Post

चिराइतोको मूल्य बढ्दो, उत्पादन घढ्दो

सम्बन्धित खबर

जुलाईमा भित्रिए ७० हजार पर्यटक
आवाज

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

२४ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

२४ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

२४ चैत्र २०८२,
राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
समाचार

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

२४ चैत्र २०८२,
फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा
फिचर-ब्यानर

फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

२४ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

२४ चैत्र २०८२,
Load More
Next Post
चिराइतोको मूल्य बढ्दो, उत्पादन घढ्दो

चिराइतोको मूल्य बढ्दो, उत्पादन घढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In