आज आइबार । आइतबारलाई सूर्य देवको पूजा गर्ने विशेष दिन मानिन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार सूर्य देवतालाई प्रशन्न गराउँदा समाजमा आदर र सम्मान पाइन्छ ।
आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामना सिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । आइतबारको दिन सूर्य देवको मन्त्रलाई जप गर्नाले पनि कुण्डलीमा भएको सूर्यदोष जाने मान्यता रहेको छ ।
व्रत लिँदा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नुपदर्छ । यसलाई न्यूनतम एक वर्षम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार चाहिँ अवश्य नै व्रत लिनुपर्दछ ।













