आज मई रविवार प्रातः सूर्योदयका समयमा र साँझमा सूर्यास्तको समयमा बादलमा परेका सूर्य किरणद्वारा बनाएको दीपमालिकाको दृश्य मेरा जीवनमा प्रथमपटक अनुपम, दिव्य आभा र सौन्दर्यको अनुभूति थियो । त्यो दृश्य देखेका वेलामा सबै प्रकारको म हूँ भन्ने, अहंको विलय भएर अकथनीय हार्दिक स्तब्धताको अहो भावाना आयो ।
देख्न आउनुपर्छ, प्रकृतिले अतुलनीय दृश्यहरू दिन्छन् । मनुष्य आफ्नै स्वार्थ तथा कृत्रिममा अल्झेर जो नैसर्गिक सुन्दरताबाट टाढा गइरहेको हुन्छ, जो मिथ्या छ, मनबाट, क्रियाबाट बनाइएको छ ती वस्तु पदार्थहरूमा अल्झी रहनु मानव चेतनाको आफ्नो सीमा, दुर्भाग्य तथा अक्षमता हो ।
‘म’ भन्ने अहङ्कारले जीवनको पूर्णतालाई ढाकेको हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












