भोजनका समयमा सृहृदयको सामीप्यमा निद्राको प्रारम्भ र समाप्तिमा केही पनि कार्य– मन वचन र कर्मद्वारा प्रारम्भ गर्दा देहमा निश्चलता सजगता रहनुपर्छ । सजगताका लागि सुन्दर सरल एवं सर्वाेत्तम युक्ति हो । श्वासमा आफ्नो स्मृति राखेर मौनको अवलम्बन लिनु । जसले आत्माबाहेक बाहिरको केही तत्त्वमा रागद्वेष गर्छ, त्यस व्यक्तिले सजगता पाउँदैन । सजगता भनेको शरीरमा बाँच्ने को हो ? उसलाई सीधा देख्नु र भेट्नु हो । शान्त नभई त्यो आउँदैन अनावश्यक–साधन, अनावश्यक–सम्बन्ध अनावश्यक सङ्ग्रहको त्याग नगरी शान्त हुन सम्भव छैन । सबै युक्तिहरू ‘सङ्कल्प र निर्णयमा आश्रित छन् । सन्तोष वैराग्य एवं प्रज्ञाको धैर्यद्वारा निर्णयको स्थिति हुन्छ । निर्णयको क्षमता समग्र प्रतिक्रियाबाट मुक्ति हो । यसैका साथ आउँछ यथार्थ कर्म जो परम पद हो, परम मौन हो, यहीँबाट सबै बुद्ध र शिव आउँछन् ।
जहाँ छौ, जे गर्छौ त्यसको सीमा सम्झ । जे जो बाटामा भेटिए बाटैमा छुटछन् । को शरीरमा छँदा तिमी बाँचेका छौ, आफ्नो स्मृतिलाई त्यस स्रोतमा राख । परम, आत्मा, प्रवाह – अहं, सङ्कल्प, शरीर, सम्बन्ध भ्रम, आसक्ति, दुविधा, लोभ, भय अव्यवस्था अनुगमन, अन्धकार यी तत्त्वलाई राम्ररी बुझ अनि मात्रै स्वतन्त्रता एवं ज्ञान स्थिति प्रकट हुनेछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट











