दूध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो भने सौफ र अदुवामा औषधी गुणहरु प्रशस्त मात्रा हुन्छन् । यी दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अझ सौफ र अदुवालाई दूधमा उमालेर छानेर पिउँदा यसले स्वास्थ्यलाई अचम्मकै फाइदा पु-याउँछ ।
– क्याल्सियम, प्रोटिन र अन्य थुप्रै आवश्यक पोषक तत्वहरूले भरिपूर्ण हुने हुँदा हड्डी र जोर्नीहरू बलियो बनाउनको लागि धेरै लाभदायक छ ।
– दूधमा सौफ र अदुवा उमालेर राती सुत्नुअघि सेवन गर्दा थकान तथा तनावलाई कम गरी छिटो र राम्रो निद्रा पर्छ ।
– दूधमा सौफ र अदुवा उमालेर पिउँदा पेटमा ग्यास, ब्लोटिङ, कब्जियत र अपचजस्ता समस्याहरूलाई टाढा राख्छ र यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।
– नियमित रूपमा दूधमा सौफ र अदुवा उमालेर पिउँदा यसले क्याल्सियम, पोटासियम, म्याग्नेसियमले उच्च रक्तचाप कम गर्न र नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ हृदयघात, स्ट्रोकजस्ता रोगहरूको जोखिम कम गर्छ ।











