• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

by
११ मंसिर २०७९,
0
सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो ।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो दल भएको छ । अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि प्रतिनिधि सभातर्फ १५२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा बहुमत सिटमा सत्ता साझेदार दलहरूको गठबन्धनले जित हासिल गरेको छ ।

सत्ता गठबन्धन ८३ सिटमा विजयी भएको छ । सात स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । प्रतिनिधि सभाका तीन सिटमध्ये दोलखा र स्याङ्जा क्षेत्र नं। २ मा मतगणना सुरु भएको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ ।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । गणना जारी रहेकामध्ये चार सिटमा कांग्रेसले अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको नेकपा ९एमाले०ले शनिबार रातिसम्ममा ४० सिट जितेको छ । दुई सिटमा एमालेको अग्रता छ ।

नेकपा ९माओवादी केन्द्र०ले १७ सिट जित्दा अरू एक स्थानमा अग्रता लिइरहेको छ । त्यसैगरी नेकपा ९एकीकृत समाजवादी० प्रत्यक्षतर्फ १० सिट जित्दै चौथो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिटमा जित र एक स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सात स्थानमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले पाँच सिट जितेको छ । जसपाले एक सिटमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक सिट जितेको छ । पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।

मोरङ–१ मा लिम्बू विजयी

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ । लिम्बूले नेकपा ९एमाले०का उम्मेदवार घनश्याम खतिवडालाई हराउँदै प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएको हो । लिम्बूले २७ हजार २९७ मत प्राप्त गरी विजयी हुँदा खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभयो ।

इलाम–२ मा नेम्वाङ

इलाम – २ बाट नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय हुनुभएको हो । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गर्नुभएको छ भने खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नु भएको छ ।

सर्लाही–२ मा यादव विजयी

सर्लाही–२ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव निर्वाचित हुनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्नुभएको हो । यादवले २३ हजार ५२९ मत प्राप्त गर्नुभयो । महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभयो ।

कालीकोटमा शाही निर्वाचित

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीलाई सात हजार नौ मतले पछि पार्दै शाही तेस्रो पटक विजयी हुनुभएको हो । नवनिर्वाचित शाहीले २३ हजार ७२७ मत प्राप्त गर्दा एमालेले १६ हजार ७१८ मत प्राप्त गरेको छ ।

काभ्रे–१ मा दोङ विजयी

काभ्रे–१ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ ९दोङ० विजयी हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य रेशमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनुभएको हो ।

दोङले ३४ हजार ५१२ मत प्राप्त गर्दा लामाले ३० हजार ५४८ मत प्राप्त गर्नुभयो ।

पाँचै क्षेत्रमा पराजित

सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्र गुमाएको छ । कांग्रेसले २०७४ को निर्वाचनमा जितेका क्षेत्र नं। ४ र ५ पनि गुमाएको छ । रुपन्देही क्षेत्र नं। १ मा एमालेका छविलाल विश्वकर्मा विजयी हुनुभएको छ । एमालेबाट विद्रोह गर्नुभएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल तीन हजार ५६४ मतान्तरले पराजित हुनुभयो । विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा सत्ता गठबन्धनको समर्थित भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभयो ।

रुपन्देही क्षेत्र नं। २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । उहाँले २७ हजार १४८ मत ल्याउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत पाउनुभयो । पौडेल चौथो पटक सांसद निर्वाचित हुनुभएको हो ।

गृहमन्त्री पराजित, बोहोराको पुनरोदय

रुपन्देही क्षेत्र नं। ३ मा सत्ता गठबन्धनका उम्मेदवार, कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण पराजित हुनुभएको छ । राप्रपाका नेता दीपक बोहोरा विजयी हुनुभएको छ । उहाँलाई एमालेको समर्थन थियो । रुपन्देही क्षेत्र नं। ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार नेता बोहोराले ३६ हजार ७१७ र गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुुभयो ।

रुपन्देही क्षेत्र नं। ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ । शुक्लाले २८ हजार मत ल्याएर विजयी हुँदा कांग्रेसका प्रमोद यादवले २२ हजार ७०४ मत ल्याउनुभयो ।

अधिकारी, आचार्य र गुप्ता निर्वाचित

कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ १५ हजार ६९२ मतले पछि पर्नुभयो ।

कपिलवस्तु–२ मा कांग्रेस नेता सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी हुनुभएको छ । आचार्यले एमाले उम्मेदवार वृजेशकुमार गुप्तालाई पराजित गनुभयो । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री आचार्यले ३९ हजार १४ मत प्राप्त गर्न‘भयो । यसअघि पाँच पटक निर्वाचित गुप्ताले ३८ हजार ६९७ मत पाउनुभयो ।

कपिलवस्तु क्षेत्र नं। ३ मा एमाले उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत हासिल गर्नुभयो ।

मोरङमा मिश्रित नजिता

मोरङ–२ मा एमाले उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेत्री सुजाता कोइराला एक हजार २०८ मतान्तरले पराजित हुनुभयो । पोखरेलले ३३ हजार १४८ मत र कोइरालाले ३१ हजार ९४० मत प्राप्त गर्नुभयो । मोरङ क्षेत्र नं। ३ मा कांग्रेसका डा। सुनीलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनुभएको छ । उहाँले एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाललाई झन्डै दोब्बरभन्दा बढीले पराजित गरी पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । डा। शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो । राप्रपा नेत्री एवं कलाकार रेखा थापाले १० हजार ९९८ मत प्राप्त गर्नुभयो ।

मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका अमनलाल मोदी विजयी हुनुभएको छ । उहाँले ३० हजार ६१२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनुभएको छ ।

मुगुमा कांग्रेसका शाही

मुगुमा कांग्रेस उम्मेदवार ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार उहाँले १४ हजार ७०२ मत हासिल गर्दा निकटतम प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले १० हजार ७०८ मत प्राप्त गर्न‘भयो ।

हुम्लामा कार्चेन विजयी

हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुुल लामा ९कार्चेन० निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्यमा लामा विजयी भएको घोषणा गर्न‘भयो । लामाले १४ हजार ३७१ मत प्राप्त गर्न‘भयो । एमाले उम्मेदवार दल रावलले नौ हजार ५१६ मत प्राप्त गर्न‘भयो ।

सुनसरी–२ मा आचार्य

सुनसरी क्षेत्र नं। २ मा एमाले नेता भीमप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ३२ हजार आठ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी–४ मा राय

अनुसार महोत्तरी क्षेत्र नं। ४ मा कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । जसपाका डा। सुरेन्द्रकुमार यादवलाई चार हजारभन्दा बढी मतले पछि पार्दै कांग्रेस नेता राय विजयी हुनुभएको हो । रायले २५ हजार ४२० मत प्राप्त गर्न‘भयो । यादवले २१ हजार २९६ मत ल्याउनुभयो ।

सिन्धुपाल्चोक क्षेत्र नं। २ बाट कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा एमाले उम्मेदवार शेरबहादुर तामाङले २७ हजार ४९३ मत हासिल गर्नुभयो ।

चितवन–३ मा पाण्डे

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको चितवन क्षेत्र नं। ३ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा। भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्न‘भयो ।

सप्तरी–४ मा चौधरी

सप्तरी क्षेत्र नं। ४ मा कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ । निर्वाचित चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्न‘भयो । उहाँको निकटतम प्रतिस्पर्धी जसपाका बालकिशोर यादव १७ हजार ९७७ मत प्राप्त गर्न‘भएको छ ।

नुवाकोट–२ मा केसी

प्रतिनिधि सभा सदस्यमा नुवाकोट क्षेत्र नं। २ बाट कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचित हुनुभएको छ । केसीले २८ हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत प्राप्त गर्नुभयो ।

सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार खड्काले ३२ हजार १५८ मत प्राप्त गर्नुभयो । एमाले उम्मेदवार राजेन्द्र गौतमले २६ हजार ७१९ मत प्राप्त गर्न‘भयो ।

सिरहा–२ मा यादव

सिरहा क्षेत्र नं। २ मा जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १७८ मत प्राप्त गर्न‘भयो । निकटतम प्रतिस्पर्धी कांग्रेस नेत्री चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गर्नुभयो ।

बारा–१ मा मैनाली

प्रतिनिधि सभा क्षेत्र नं। १ मा एमाले नेता अच्युत मैनाली विजयी हुनुभएको छ । उहाँले ३९ हजार १९५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नुभयो । बारा–३ बाट एमालेका ज्वालाकुमारी साह विजयी हुनुभएको छ । उहाँले २० हजार २५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाका रामबाबुकुमार यादवले १७ हजार २७९ मत हासिल गर्नुभएको छ ।

अनुसार सिरहा–१ मा एमालेका रामशङ्कर यादव निर्वाचित हुनुभएको छ । यादवले २९ हजार ४६२ मत प्राप्त गर्नुभयो । कांग्रेसका पद्मनारायण चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्न‘भयो ।

सिरहा–४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत ल्याउनुभयो । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २१४ मत ल्याउनुभयो ।

Previous Post

मासिक एक लाखसम्म पेन्सन

Next Post

समानुपातिकको मतगणनामा ओलीले गरे आशंका

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

समानुपातिकको मतगणनामा ओलीले गरे आशंका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In