जाडोयाममा मानिसहरु झ्याल ढोका बन्द गरेर सुत्ने अझ कतिपय त घरको सबै झ्याल ढोका बन्द गरेर कोठा तताउन हिटर बाल्दछन् । तर झ्याल ढोका बन्द गरेर कोठा तताउन हिटर, ब्लोअर वा कोइला बाल्दा यो अति नै खतरनाक हुन्छ । यस्तोमा निसास्सिएर मानिसको मृत्यु पनि हुनसक्छ ।
कोठा तताउन प्रयोग गरिने कोइला, दाउरा वा मट्टितेलको हिटर बाल्दा यसबाट निस्कने कार्बनमोनोअक्साइड ग्यासले मानिस निसासिन्छ । यस्तोमा कोठाका सबै झ्यालढोका बन्द गरी भेन्टिलेसन नभए त मृत्यु निश्चित जस्तै हुन्छ ।
त्यसैले जाडो भयो भन्दैमा झ्यालढोका बन्द भएको कोठामा कोइला, दाउरा, हिटर वा ब्लोर बाल्नु हुँदैन । साथै लामो समयसम्म हिटर वा ब्लोअरको अत्यधिक प्रयोग गर्नु पनि हुदैँन ।













