धेरै मान–धन, सुख चाहनु या अकिञ्चन अपरिचित हुन चाहनु वा चाह एउटै हो । यथार्थ हो सहज धर्मको कार्य गर्दै (महत्वाकाङ्क्षा प्रतिस्पर्धा, ईष्र्या, व्यर्थका कुरा गर्नु कुरा सुन्नु, अर्काको निन्दास्तुति गर्नु, संन्यस्त मन नभएको नरनारीको धेरै सम्पर्क यो मेरो हो भनेर व्यक्तिगत रूपमा राख्नु) आदि भौतिकताको त्याग गरेर आफ्नो अन्तमा रहन्छ नै । जीवनको यथार्थ प्राप्ति हो । अनावश्यक आशङ्का, भय आउनु पनि कमजोरी हो । सुविधा खोज्नु सम्मान खोज्नु पनि कमजोरी हो । स्मृति एवं कल्पनाको स्वरूप राम्ररी सम्झिनुपर्छ, तब मात्रै काम बन्दछ, काम भनेको आपूm भन्ने तत्वलाई चिन्नु हो । कल्पनाहरूको यर्थता आफै जान्नुपर्छ या आफै आउँछ । सम्पत्ति, सम्मान एवं प्रदर्शनमा रुचि राख्ने कुरौटे समाज एवं व्यक्तिहरूसित लुकेर बस्नु नै राम्रो हो । लोभी कन्जुस जीवनमा विकास र प्रकाश नचाहने प्रेमीहरूसँग पनि अति कम सम्बन्ध राख्नु जरुरी छ । आफ्नो असभ्यता, वैराग्य शब्दमा कसरी दिनु त्यही कारणले मनलाई अलग गरी शनैःशनैः तनलाई पनि एकान्तमा राख्नुपर्छ । सबैबाट होशपूर्वक अनासक्त रहनु, साँचो तत्परता हो । सार्थकमा जन्म हो नित्य नूतनको बोध हो । श्वास र स्मृतिलाई एक साथ राख यही वर्तमान हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













