पछिल्लो समय गाउँ शहर जताततै प्रायः हरेक घरमा फोहोर जम्मा गर्ने भाँडो राख्ने चलन बढ्दै गइरहेको पाइन्छ । यति मात्र होइन, सडकका विभिन्न चोक चोकमा पनि राखिएको पाइन्छ ।
वास्तु शास्त्रले हरेक वस्तुको दिशा निर्धारण गरेजस्तै फोहोर राख्ने डस्टबिनलाई पनि कुन दिशामा राख्नु उपयुक्त हुन्छ भनेर दिशा निर्धारण गरेको छ ।
– घरको उत्तर–पश्चिम दिशामा डस्टबिन राख्दा जीवनमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।
– वास्तु शास्त्रका अनुसार मूल ढोकाको ठिक अगाडि डस्टबिन राख्नु अशुभ मानिन्छ । यसले गम्भीर बिरामी र परिवारका सदस्यहरूलाई विपत्ति निम्त्याउँछ ।
– घरको उत्तर दिशामा डस्टबिन राख्नाले जागिर वा व्यवसायमा सफलता मिल्ने सम्भावना कम हुन्छ ।
– घरको उत्तर–पूर्व दिशामा डस्टबिन राख्नाले परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
– दक्षिण–पूर्व दिशा डस्टबिन राख्दा अनावश्यक धन खर्च हुने सम्भावना बढ्छ ।













