युवराज मैनाली
‘म चाहन्न इन्सुलिनमा अड्केको जिन्दगीलाई अरु बालघडीमा लिन । कसैको किड््नी लिएर कृपाको बिष पिउन । ऊ भन्दै थियो मधुमेहको रोगी शम्भु ! उसको रोगले उसलाई त्यो ठाउँसम्म पु¥याइसकेको थियो जुन ठाउँको अन्तिम उपाय किड्नीको भरमा निर्भर थियो । पारिवारिक सदस्य व्यग्र थिए– जीवनदान दिन । यतिसम्म कि दुई चार मित्र तयार भएर आएका थिए । तर यसले सबैलाई निरास बनाइदियो । स्वभाविक थियो, उसको मृत्यु भयो । खबर थाहा पाएर म पनि पुगेँ आर्यघाट ।
मैले देखेँ उसको खुलेको आँखामा त्यो चमक बाँकी नै थियो जसमा तृप्तता भरिपूर्ण थियो । फर्फराउँदो दारीमा स्वाभिमानको बिजुली चम्किरहेको थियो । ओठमा गर्वित मुस्कान बाँकी नै थियो । नजिकैको अस्पतालबाट सेतो लुगाल गाएकाहरू आए । उसका आँखा सल्बलाए । उसले आफ्नो आँखा दान दिएको रहेछ । त्यो कमजोर आँखाको रेटिना काम लाग्छ लाग्दैन, यो त मलाई थाहा भएन । यति थाहा भयो कि ऊ जस्ता कति जना मान्छे यहाँ हुन सक्लान् ?











