एउटा पर्यटन स्थलमा आकर्षणको केन्द्र एउटा नदी थियो । नदीको दुवैतर्फ चन्दनका रुखहरु थिए, रुखमा धेरै सर्प थिए । नौका विहारका लागि नवविवाहित जोडी सवार थिए । जब उनीहरुले दायाँबायाँ रुखहरुमा सर्प देखे तब केटाले नाविकसँग सोध्यो— यो रुखबाट सर्पहरु नाउमा खसे भने ?
नो प्रोब्लम, नाविकले भन्यो ।
किन ? सर्प नाउमा खस्दैन र ? युवकले सोध्यो ।
खस्न त खस्छन् । जब सर्प रुखबाट खस्छ, मानिसहरु सर्पको डरले नाउबाट नदीमा फाल हाल्छन् । तर, नदीमा त गोही नै गोही छन् । मानिसहरु पानीमा फाल हाले पनि गोहीको डरले फेरि नाउमा नै फर्किन्छन् । के प्रोब्लम भो त ?
दिमागमा गोबर
हरिः (जति सम्झाउँदा पनि नसम्झेपछि) श्याम तिम्रो दिमागमा त गोबर भरिएको रहेछ । जति सम्झाए पनि सम्झनै सक्दैनौ ।
श्यामः यार, मेरो दिमागमा गोबर भरिएको भए त मल हुन्थ्यो र झन् दिमाग उब्जाउ हुन्थ्यो त त्यही पनि छैन र पो त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट











