• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो’

by
१० माघ २०८०,
0
बिपीको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्छ : अर्थमन्त्री डा महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० माघ : अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्नुहुँदै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

“हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन”, अर्थमन्त्रीले भन्नुभयो, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताउनुभयो । पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उहाँले बताउनुभयो । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उहाँले उल्लेख गर्नुभयो । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उहाँले बताउनुभयो ।

“यो बैङ्कको हैसियत यति मात्रै हुने होइन । यो सार्वजनिक बैङ्क भएकै कारण नेपालको नम्बर एक बैङ्क हुन नसकेको हो । बैङ्कको व्यवस्थापन र कर्मचारीका कारण बैङ्क पहिलो हुन नसकेको हो”, अर्थमन्त्रीले भन्नुभयो ।

ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताउनुभयो । गत आर्थिक वर्षमा बैङ्कको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्नुहुँदै उहाँले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित हो भन्नुभयो र

“राज्यले बढी नाफा लिएर काम गर्नेलाई थोरै दिएको भए गुनासो गर्नु स्वभाविक हो तर लगानीको तुलनामा गतवर्ष सरकारले पाएको साढे पाँच प्रतिशतको लाभांश धेरै ठूलो रकम होइन”, अर्थमन्त्री महतले भन्नुभयो, “कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनैपनि अनुचित हस्तक्षेप मबाट हुँदैन । तर राज्यको लगानी भएको संस्थामा अर्थमन्त्रालयले जिम्मेवार भएर निगरानी गर्छ ।” पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको पनि उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैङ्कको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको र निकै खराब अवस्था व्यहोरिरहेको वाणिज्य बैङ्क अहिले निकै व्यावसायिक र प्रतिस्पर्धी बनेको गभर्नर अधिकारीले बताउनुभयो । पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै उहाँले भन्नुभयो, “अर्थतन्त्रमा निकै राम्रो अवस्था हुँदै गएको छ । बाह्य क्षेत्रमा सुधार छ । बैङ्क तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन् ।”

बैङ्क वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन नियामक निकाय नेपाल राष्ट्र बैङ्कले विभिन्न किसिमका ‘प्रोभिजनिङ’ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको उहाँले बताउनुभयो । “बैङ्क वित्तीय संस्थाको नाफा केही घटेको जस्तो देखिन्छ । घट्नुको कारण प्रोभिजनिङ हो । असल कर्जा दिँदा पनि अनिवार्य प्रोभिजनिङ गर्नैपर्छ । दिगो र सुरक्षित बैंकिङका लागि राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो”, गभर्नर अधिकारीले भन्नुभयो । पछिल्लो समय मुलुकको समग्र आर्थिक स्थिति शिथिल हुँदा कर्जा असुलीमा केही समस्या देखिएको गभर्नर अधिकारीले बताउनुभयो ।

बैङ्क वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैङ्कले नीतिहरुमा सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । “नीतिगत दर घटाइएको छ । तरलताको अवस्था निकै राम्रो छ । लगानी गर्नसक्ने अवस्था रहेको छ । बाह्यक्षेत्रतर्फ हामीसँग विदेशी मुद्रा सञ्चितीको अवस्था राम्रो छ । कर्जाको माग क्रमशः बढ्दै जानेछ भन्ने अपेक्षा हामीले गरेका छौं”, उहाँले भन्नुभयो, “अहिले नै वाणिज्य बैङ्कले दश दशमलव पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । अब अधिकांश वाणिज्य बैङ्कले एकल अङ्कको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आउँदैछ । यसकारण कर्जाको माग पनि बढ्नेछ भन्ने अपेक्षा हाम्रो छ ।”

पूर्वगभर्नर डा तिलक रावलले पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य खराब देखिँदै गएको बताउनुभयो । “अहिले वित्तीय क्षेत्रलाई हेर्दा त्यति सुखद स्थिति म देख्दिन । बैङ्क तथा वित्तीय संस्थाको मुनाफा घट्दो छ । प्रतिशेयर आम्दानी घटिरहेको छ भने खराब कर्जा बढिरहेको छ । उनीहरुलाई वार्षिक साधारणसभा गरेर आफ्नो वित्तीय स्वास्थ्यको अवस्था बारे जानकारी दिन पनि अप्ठेरो भइरहेको छ” उहाँले भन्नुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कको व्यनवसायिकता र कार्यशैलीमा निकै सुधार भएको बताउनुभयो । आगामी दिनमा प्राथमिकताका क्षेत्रमा लगानी गरेर थप प्रतिस्पर्धी बैङ्कका रुपमा वाणिज्य बैकलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड आजबाट आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । २०८० असार मसान्तसम्ममा बैङ्कको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैङ्कको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैङ्कको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ । गत असार मसान्तसम्ममा बैङ्कको निश्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ ।

गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजार भन्दा बढी ग्राहकलाई रु दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैङ्कले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कले आर्थिक वर्ष २०६०÷६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा बैङ्कले रु तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैङ्कको सूचीमा राष्ट्रिय वाणिज्य बैङ्क दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैङ्कले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Previous Post

भूकम्पपीडितका लागि रू २८ करोड ७१ लाख सङ्कलन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In