• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पक्की सडक आउँदा सबै दुःख भुलिन्छ’

by
१० माघ २०८०,
0
‘पक्की सडक आउँदा सबै दुःख भुलिन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर, १० माघ : “मैले गाडी चलाउन लागेको २० वर्ष भइसक्यो । तर अहिलेको जस्तो बिग्रिएको बाटोमा गाडी चलाउनु परेको थिएन”, पृथ्वी राजमार्गमा बस सञ्चालन गर्दै आउनुभएका चालक बाबुराम सापकोटाले भन्नुभयो, “अहिले त गाडी चलाउँदै गर्दा पक्की सडक आए पनि सबै दुःख भुलिन्छ जस्तो लाग्छ ।”

पोखरा–नारायणगढ–बुटवल सडक खण्डमा २० वर्षदेखि गाडी चलाउँदै आउनुभएका तनहुँको बेलचौताराका चालक सापकोटाले आफूले गाडी चलाउन सुरु गरेपछि सबैभन्दा अप्ठ्यारो बाटो अहिले भएको बताउनुभयो । सडक विस्तारका नाममा सबै एकैपटक भत्काउँदा गाडी चलाउनै कठिन हुने गरेको उहाँको भनाइ थियो ।

“कालोपत्र उप्काइएको सडकमा गाडी चलाउँदा गाडी कतै बिग्रिन्छ कि, टायर केही हुन्छ कि भन्ने चिन्ताले कुदाउनै सकिँदैन”, सापकोटाले भन्नुभयो, “कालोपत्र गरिएको सडकमा गाडी चलाउँदा बिग्रिएको सडकमा गुडाउँदा पाएका सबै दुःख भुलिन्छ ।” आफूले गाडी चलाउने यस खण्डको अधिकांश भाग भत्काइएको उहाँले जानकारी दिनुभयो ।

निर्माणाधीन सडकको केही खण्डमा मात्रै कालोपत्र गरिएको भन्दै सडक विस्तारको काम चाँडो सम्पन्न भएमा चालक मात्रै नभएर यात्रुलाई पनि सहज हुने सापकोटाले बताउनुभयो । “सडक विस्तारको काम सुरु हुनु अगाडिसम्म पोखराबाट बुटवल बढीमा सात घण्टामा पुग्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले त थोरैमा पनि ११ घण्टा लाग्ने गरेको छ ।” पोखराबाट बुटवल पुगेर पुनः पोखरा पुग्दा गाडीमर्मत गर्नुपर्ने अवस्थामा पुग्ने गरेको सापकोटाको गुनासो छ ।

पोखराबाट बुटवल जाँदै गरेको ग२ख २४६ नम्बरको बसमा भेटिनुभएका यात्रु महेश घिमिरेले सडकको दुरावस्थाका कारण आफूले सार्वजनिक बस प्रयोग गर्न बाध्य भएको बताउनुभयो । “मैले काठमाडौँमा रहेको पब्लिकेशन (पुस्तक प्रकाशन गृह)को बजार व्यवस्थापनको काम गर्दै आएको छु । यसअघि यस सडकमा मोटरसाइकलमा यात्रा गर्दथेँ”, उहाँले भन्नुभयो, “सडकमा उड्ने धूलो, सवारी बिग्रिने डरलगायत कारणले मोटरसाइकलमा यात्रा गर्नुभन्दा सार्वजनिक यातायात प्रयोग गर्नु उचित लाग्यो ।”

मोटरसाइकलमा यात्रा गर्दा पानी हालेको ठाउँमा चिप्लने तथा सडकमा उडेको धुलोका कारण गन्तव्यमा पुग्दा स्वास्थ्यमा समस्या देखिने गरेको घिमिरेको भनाइ थियो । “सडक विस्तारको काम सुरु भएको लामो समय बित्दासमेत आधा काम पनि नसकिनुले मुलुकको विकासको गतिलाई देखाउँछ”, उहाँले भन्नुभयो, “नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआएसम्म देशमा नयाँ व्यवस्था आए पनि जनतालाई सास्ती मात्रै हुन्छ ।”

साना–साना कुराबाट नागरिकले नयाँ व्यवस्थाको अनुभव गर्ने भएकाले पूर्वाधारसहितका अत्यावश्यक विषयमा नेतृत्व गम्भीर भएर काम गर्नुपर्नेमा घिमिरेले जोड दिनुभयो । उक्त खण्डमा सबैभन्दा बढी सडक बिग्रिएको अवस्थामा नारायणगढ–बुटवल खण्ड रहेको उहाँको भनाइ थियो ।

पुरानो नारायणी यातायात प्रालिका उपाध्यक्ष अशोक पोखरेलले नारायणगढ–बुटवल खण्डका कारण व्यवसायीमात्रै नभएर चालक, यात्रु र स्थानीयवासीलेसमेत दुःख पाएका बताउनुभयो । “सडकको अवस्थाका कारण गाडी बिग्रिएर व्यवसायीले दुःख पाएकै छौँ”, उहाँले भन्नुभयो, “गाडीमा सवार यात्रु, चालक तथा धूलोका कारण स्थानीयलेसमेत दुःख पाउने गरेका छन् ।”

सडक विस्तारको काम सुरु भएको पाँच वर्ष बित्नै लाग्दासमेत कामले गति लिन नसक्नु दुखद् भएको पोखरेलको भनाइ थियो । “यात्रु बोकेर चालक निस्कन्छन्, सकुशल गन्तव्यमा पुग्ने हो कि होइन अनिश्चित हुन्छ”, उहाँले भन्नुभयो, “बीच बाटोमा गाडी बिग्रिएर चालकले फोन गर्ने गर्छन् । यात्रुलाई अर्को गाडीमा पठाएर गाडी बनाउँदा घाटाको व्यापार हुने गरेको छ ।” सडकको अवस्थाका कारण यस खण्डमा गाडी चलाउनु भन्दा गाडी थन्काउँदा राख्दा फाइदा हुने अवस्था आउन लागेको उहाँले गुनासो गर्नुभयो ।

यस सडकमा अझै पनि पुल, कल्भर्ट निर्माण गर्नका लागि डाइभर्सन गराउने तथा कालोपत्र गर्नका लागि खनिएका सडकमा लामो समयसम्म बेससमेत नराख्दा समस्या थपिएको पोखरेलले जानकारी दिनुभयो ।

Previous Post

नेप्सेको ओरालो यात्रा कायम

Next Post

अफगानिस्तानमा सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह

अफगानिस्तानमा सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In