काठमाडौं । छोरालाई आउँदो प्रोजेक्ट ‘१२ गाउँ’बाट डेब्यू दिन लागेको समाचार मिडियामा चौतर्फी छाएपछि अभिनेता विराज भट्टले छोरा समीर भट्टको तश्विर सार्वजनिक गरेका छन् ।
पहिलोपटक सामाजिक सञ्जालमा विराजले छोराको आकर्षक र कसिलो शरीरसहितको फोटो सार्वजनिक गरेका हुन् ।समिर भारतको मुम्बईमा अभिनय र मार्सल आर्ट सिकिरहेका छन् । उनले स्नातक पूरा गरेका छन् । समिर विराजका जेठा छोरा हुन् ।













