• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    ‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

होमस्टेका पाहुनालाई चिचर र घोगीका परिकार

by
१ माघ २०८०,
0
होमस्टेका पाहुनालाई चिचर र घोगीका परिकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ ।

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ । ‘हाम्रो घरबासमा आउने पाहुना आफैले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो चिचर पकाउने गरेका छौँ’, अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, ‘थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेको छ ।’

चिचरसँगै नुमैचा ९भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो० समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोले बताए । घरबासले पर्यटकलाई बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा, माछा पस्किने गरेको सञ्चालक महतोले बताए ।
‘अमलटारी घरबास भन्ने बित्तिकै पाहुना चिचर र माछा सम्झन्छन्’, अमलटारी घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनिया थारुले भने । थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको अध्यक्ष मर्दनिया थारूले बताए ।

नेपाल घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहेका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पुर्‍याउने काम गरेको छ । साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन उत्तिकै भूमिका निर्वाह गरेको उनले बताए । ‘घरबासले स्थानीय रहनसहन र खानपानलाई बजारीकरण त गर्‍यौँ नै, बजारीकरण कै क्रममा नवलपुरका घरबासको पहिचान चिचर, घोगी र माछा बन्यो’, मर्दनियाले भने, ‘घरबासलाई थारू परिकारले समेत चिनाएको छ ।’

चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन् । थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्राय चिचर, नुमैचा, घोगी जस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उनले बताए । ‘थारू समुदायले मात्रै विशेषरुपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, यसले गर्दा धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई टक्राउँछौं’, अध्यक्ष महतोले भने । घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उनले बताए ।

अमलटारी घरबासमा मकवानपुरबाट आएका चिरञ्जीवी अर्याललाई चिचर नौलो परिकार लागेको बताए । हेर्दा भात जस्तै भए पनि विशेषरुपले पकाएकाले फरक लागेको उनले बताए । ‘हेर्दा सामान्य लागे पनि विशेष तरिकारले चिचर पकाइदो रहेछ, त्यसमा माछा, घोगीसँग खाँदा फरक स्वाद लाग्यो’, अर्यालले भने ।

थारू समुदायमा पहिले पहिले तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए । अनदीको चामलको तयार पारिने हुँदा पोषिलो हुने र यसले शरीरमा तागत दिने, जिउ दुखेको सञ्चो गराउने भएकाले चिचर खाने गरिएको उनले बताए । ‘पहिले पहिले बढी श्रममूलक काम गर्नुपर्ने हुँदा आडिलो भोजनको रुपमा साथै जिउ दुखेको सञ्चो हुन्छ भनेर अनदिको चामल उसिनेर खाने गरिन्थ्यो’, अध्यक्ष महतोले भने ।

जाडो मौसममा खाँदा शरीरमा उर्जा बढाउने हुँदा समेत जाडो मौसममा चिचर खाने प्रचलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको उनको भनाइ छ । मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते खाने गरिएको उनले बताए । ‘पुसको अन्तिम दिन पकाउने, केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ, माघीको दिन निकालेर खाने गरिन्छ’, अध्यक्ष महतोले भने ।

Previous Post

बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

Next Post

आयल निगमको कार्यकारी निर्देशक बन्न बहालवाला महाप्रबन्धकदेखि राष्ट्र बैंकका कर्मचारीसम्मको निवेदन

सम्बन्धित खबर

सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

१६ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

१६ चैत्र २०८२,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

१६ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१६ चैत्र २०८२,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
समाचार

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

१६ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१६ चैत्र २०८२,
Load More
Next Post
आयल निगमको कार्यकारी निर्देशक बन्न बहालवाला महाप्रबन्धकदेखि राष्ट्र बैंकका कर्मचारीसम्मको निवेदन

आयल निगमको कार्यकारी निर्देशक बन्न बहालवाला महाप्रबन्धकदेखि राष्ट्र बैंकका कर्मचारीसम्मको निवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In