• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

थासाङको ताल र गुफालाई पर्यटकीय गन्तव्यमा विकास गरिँदै

by
२९ पुस २०८०,
0
थासाङको ताल र गुफालाई पर्यटकीय गन्तव्यमा विकास गरिँदै

default

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् ।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।

स्थलमार्गबाट मुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको तीन करोड रुपैयाँ भन्दा बढी लागतमा थासाङको तीन वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ ।

गुरुसाङ्वो गुफा, सेकुङ, भुतर्छो ताल थासाङ गाउँपालिकाको वडा नं २ र टिटी ताल वडा नं ५ मा अवस्थित छ । मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए ।

‘सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका छन्’, उनले भने, ‘सडक निर्माणसँगै छोटिएको पदमार्ग र पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य पहिचानसँगै पूर्वाधार निर्माणमा जुटेका छौं ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा दुई करोड ९९ लाख ९७ हजार १२६ रुपैयाँ लगानीमा पूर्वाधार निर्माण भएको हो ।

पछिल्लो पटक थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको १० लाख रुपैयाँ लागत साझेदारीमा थप पूर्वाधार निर्माण भएको छ ।

पहाडको बीचमा रहेको गुरुसाङवो गुफामा पुग्ने २८६ मिटर रेलिङ र सिंढीसहितको पदमार्ग, १९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएको छ । विभिन्न आकृतिका दृश्यावलोकन गर्न सकिने गुरुसाङ्वो गुफामा वौद्ध धर्म गुरुहरुले तपस्या गरेको स्थानीय इन्द्रसिंह शेरचनले बताए ।

बेनी–जोमसोम सडकको लाजुङ र बोक्सीखोलादेखि नाउरीकोटसम्म गाडी र त्यहाँदेखि एक घण्टा पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीमा रहेको पहाडको बीच भागमा रहेको गुरुसाङवो गुफामा पुगिन्छ ।

बेनी–जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने तीन किलोमिटर ५१० मिटर सडक निर्माण भएको थासाङ गाउँपालिकाका इञ्जिनियर विष्णु बास्तोलाले बताए । गोलो आकारको सेकुङ तालको वरपर ढुङ्गा बिछ्याएर १९१ मिटर पैदलमार्ग, १२४।५ मिटर रिटेनिङ पर्खाल र दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण भएको छ ।

भुतर्छो तालमा २६।५ मिटर रिटेनिङ पर्खाल, १६० मिटर पैदलमार्ग र एउटा दुई कोठे पक्की शौचालय निर्माण भएको छ । करिब ३० मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । दुई वटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब पाँच सय मिटर, चौडाई ५० मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा ९पुच्छोर० भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुख्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ ।

करिब १५० मिटर लम्बाई र २० मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्री सतहदेखि दुई हजार ७२५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौंरी, भेडाबाख्रा र गाईभैंसीको चरन खर्क छ । सेकुङ र भुतर्छो तालदेखि करिब एक घण्टा ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटी ताल चराहरुको बासस्थान हो । १८६ प्रजाति चराको बासस्थान रहेको टिटी तालमा तीन प्रजातिका हाँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले जनाएको छ ।

बेनी–जोमसोम सडकको छाक्ताङदेखि पूर्वतर्फ कालिगण्डकी नदी पारी तीन किलोमिटर पैदल यात्रा गरेर पुगिने टिटी तालमा एक वटा दुई कोठे पक्की शौचालय र ताल वरपर ४७२ मिटर पदमार्ग निर्माण भएको छ ।

पर्यटकीय पूर्वाधार निर्माणका लागि कुल चार करोड असी लाख एक्काइस हजार २२४ लागत अनुमान गरिएकामा मुक्तिनाथ महादेव जे।भी। पोखराले तीन करोड ९९ लाख ९७ हजार १२६ रुपैयाँमा ठेक्का लिएको इञ्जिनियर बास्तोलाले बताए । उनका अनुसार योजना निर्माणमा थासाङ गाउँपालिकाले ९१ लाख र पर्यटन मन्त्रालयले दुई करोड आठ लाख ९७ हजार १२७ रुपैयाँ भुक्तानी गरेका छन् ।

समुन्द्री सतहदेखि २६ सय ७९ मिटर उचाइमा रहेको टिटी तालमा पर्यटन वोर्ड पोखरा र थासाङ गाउँपालिकाको पाँचरपाँच लाख लागत साझेदारीमा दुई वटा विश्रामस्थल निर्माण, १६ वटा बेञ्च, डस्टबिन राखिएको र फोहोर व्यवस्थापन गर्ने खाडल खनिएको छ । यी तालहरुमा आकाश खुलेको अवस्थामा धवलागिरि र निलगिरि हिमालको छाँया देखिन्छ । खुल्ला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो ।

ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए ।

‘सेकुङ, भुर्छतो, टिटी ताल र गुरुसाङवो गुफा मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएका छन्’, उनले भने, ‘संरक्षण, पूर्वाधार निर्माण र प्रर्वद्धन गरेर थासाङको ताल र गुफालाई मुस्ताङ भित्रने पर्यटक भुलाउने थलोका रुपमा विकास गर्न प्रयास थालिएको हो ।’

प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । थासाङका ताल भ्रमणमा क्रममा हिमाल, जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न सकिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका गिता गुरुङले बताइन् ।

‘ताल, हिमाल, वनजगल, वन्यजन्तु र पंक्षीहरुको एकै पटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुश भयो’, उनले भनिन् । सेकुङ र भुर्छतो ताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैंसी, भेडाबाख्रा र चौंरी गोठ रहन्छन् ।

चलचित्र र गीतका म्युजिक भिडियो छायाङ्कनका लागि यो ताल ‘भर्जिन’स्थल बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिसभाको पूर्व सदस्य प्रेमप्रसाद तुलाचनले बताए । ‘ढलेका रुख र बाढीले ताल पुरिंदै गएको थियो’, उनले भने, ‘घेरबार पर्खाल, पदमार्ग र शौचालय निर्माणपछि पर्यटकलाई सहजताका साथै संरक्षण, सफा भएको छ ।’ नर्साङ गुम्बा, थकाली समुदायको उद्गम स्थल कोवाङ, नाउरीकोट, गुरुसाङवो गुफा, भुर्छतो, सेकुङ, टिटि ताल, लेते र धवलागिरी आईसफललाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य सहित पूर्वाधार निर्माण गरिएको पूर्व सांसद तुलाचनले बताए ।

नजिकैको बस्ती कोवाङ र लेतेदेखि डेढ घण्टा पैदल हिडेपछि तालमा पुग्न सकिन्छ । सडकमा सवारी साधन तथा पदमार्गमा पैदल हिडेर तालमा पुग्ने विकल्प छ । टिटी ताल परिसरमा बस्ती छ । सेकुङ, भुर्तछोे ताल र गुरुसाङवो गुफा नजिकै बस्ती छैनन् । एकान्त वातावरण छ । धवलागिरि हिमालको पूर्वी मोहोडबाट निरन्तर खसिरहने हिउँपहिरो नजिकबाट अवलोकन गर्न सकिने आइसफलमा पुग्न कोवाङबाट पाँच घण्टा पैदल हिड्नुपर्छ । आइसफल पुग्ने यो छोटो पदमार्ग हो ।

सेकोङ तालदेखि धवलागिरि आइसफलसम्म जाने पदमार्ग, क्याम्पिङ साइट, ताल संरक्षण गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष शेरचनले बताए । धौलागिरि आइसफल हुदै म्याग्दी निस्कने पदमार्ग सञ्चालनको तयारी भएको छ । सेकोङ, भुर्छतो र गुरुसाङवो गुफाको नजिकैको बस्ती नाउरीकोट प्राकृतिक हिसाबले सुन्दर बस्ती हो । नाउरीकोटको फेदी कोवाङ गाउँपालिकाको केन्द्र हो । बेनी–जोमसोम सडकले छोएको कोवाङलाई नेपालका अल्पसङ्ख्यक थकाली समुदायको उद्गमस्थल मानिन्छ । कोवाङमा नर्साङ गुम्बा रहेको छ ।

पूर्वमा निलगिरि, अन्नपूर्ण र पश्चिममा धवलागिरि, टुकुचे हिमाल दन्तलहर झैं देखिने नाउरीकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । फापर, मकै, गहुँ खेती हुने समथर फाँटमा रहेको नाउरीकोटबाट धौलागिरि हिमालको चुचुरोबाट खस्ने हिउँ थुप्रिएर बनेको आइसफल हेर्न पाउनु अर्को विशेषता हो ।

अल्पसङ्ख्यक थकाली समुदायको बसोबास रहेको नाउरीकोटबाट बर्खामा देखिने हरिया पाखामा दूधका धारा झैँ गरी बग्ने झरना र छहरा हिउँद्मा सुक्दा सेताम्मे हिउँले छोपिन्छ । बसन्त ऋतुमा पृष्ठभूमिमा पाखाभरि लालीगुराँसले रङ्गिन्छ । भदौ, असोज महिनामा वरपरका बारीमा लहलह फापर फुल्दा वातावरण रमणीय बन्ने नाउरीकोटका नरसाम्बो गौचनले बताए ।

कोवाङदेखि करिब २० मिनेट पैदल र १० मिनेट सवारी साधनमा यात्रा गरेर पुगिने नाउरीकोटका वरपर घुम्नलायक धेरै ठाउ छन् । भुर्तछो र सेकुङ ताल, गुरुसाम्पुक गुफा र धौलागिरि आइसफल नाउरीकोट भित्रने पर्यटकका लागि घुम्ने ठाउँ हुन् । थकाली समुदायको जीवनशैली, संस्कार, संस्कृति रहनसहन पनि यहाँको थप आकर्षण हो ।

नाउरीकोटमा पर्यटकको सुविधाका लागि होटल, लज तथा होमस्टेको सुविधा छ । नजिकैको जंगलमा पाइने वन्यजन्तु, पंक्षी, जडीबुटी, वनपैदावार, भेडा, चौंरीका गोठ थप आकर्षण हो । वौद्ध धर्मगुरुहरुले वुद्धत्व प्राप्त गर्न तपस्या बसेको करिब ३० मिटर लामो गुरुसाङवो गुफाभित्र बाघको पञ्जा, हात्तीको सुँड, चौंरीको खुर, गाईभैंसीको कल्चौरा, कछुवाको मुखलगायतको आकृतिहरु देख्न सकिन्छ ।

पाँच सय वर्ष पहिले पहिचान भएको स–साना तालहरु रहेका यो गुफाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि र समुदायले जोड दिएका छन् । रमणीय, धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण थासाङको तीनवटा ताल र गुरुसाङवो गुफा स्थानीयको आयआर्जन वृद्धि, रोजगारी सिर्जनासँगै भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउने आधार बनेको छ । रासस

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

पेट घटाउनु छ भने ज्वानोपानी पिउने गर्नुपर्छ

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
हेल्थ टिप्सः भान्साको मसला ज्वानो ज्वाइँभन्दा पनि प्यारो !

पेट घटाउनु छ भने ज्वानोपानी पिउने गर्नुपर्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In