धीरता भनेको साक्षी हुन सक्नु हो । शिवत्व भनेको समतामा रहनु हो । सौन्दर्य भनेको स्मृति र कल्पनाको बोझबाट स्वतन्त्र हुनु हो । सत्य भनेको प्राण मन एवं अभिमानसँग सीधा साक्षात्कार गर्नु हो ।
दुःखको कारण इच्छा, अपूर्णता एवं तृष्णामा छ । यो कुरा न सम्झेर केवल धन स्त्री, सम्पत्ति एवं सम्मानको भारी जमा पार्दै उपिँ्रmदै हिँड्ने व्यक्तिले कहिले कहाँ कुन रूपमा शान्ति, शिवत्व, सौन्दर्य र सत्य पाउन सक्छ । धीरता शान्ति हो, विकल्प रहित रहनु शिव हो, प्रेम नै सौन्दर्य हो । यथार्थमा रहन सक्नु सत्य हो । यी तत्त्व प्रकट हुन्छन्, हामी प्राणका साथमा स्मृति राखेर ‘म’लाई भेट्दछौँ ।
‘म को हुँ हँ !’ आपूm भन्ने ‘अज्ञान’को महत्त्वाकाङ्क्षा र कामनाको पूर्तिका लागि हामी समाप्ति र भीडको उपयोग गर्छौ– सम्पत्तिले हामीलाई मरेको लाश बनाउँछ । भीडले दास बनाउँछ । हामी आफ्नै भ्रमको अँधेरामा विवेकका नेत्र फोरेर मूर्खतामा बाँच्न सिख्छौँ अनि त्यै मूर्खतालाई सदा राख्न पाए हुन्थ्यो, यही मूर्खता धेरै बनाउन पाए हुन्थ्यो भन्ने महामूर्खतामा समाप्त हुन्छौँ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













