एक्लै गुमसुम शून्यमा आपूmलाई हेर । त्यो गर्छु नभनी बसेर हेर । भटकावहरूलाई कता हिँडेको नभनी अरूलाई पछ्याउन छोडेर आपूmलाई हेर । लोभ, मोह छोडेर सज्जन शिष्ट बनेर शरीर, मन, प्राण छन् कुनै भाव नराखी हेर । म भन्ने को हो ? त्यो कहाँबाट आउँछ ? यो तरङ्ग वा यो ठाउँलाई चिन न । हो त्यही काशी, अरू गङ्गा जीवन प्रवाह गङ्गा हो । जहाँबाट यो प्रवाह निस्किन्छ त्यो काशी हो । सबैबाट मुक्त बस, एक्लै बस शान्त बस श्वासका नेपथ्यमा, हृदय कन्धरामा पस ।
इच्छाका प्रवाहका साथ दुई विरोधी तत्त्व आफै बन्दछन् । यिनका साथसाथै दुई किनारा आफै बन्दछन् । गहिराइका माझमा होमियो भने भूमिको किनारा देखिँदैन । सूक्ष्म चिन्तनमा जाने हो भने जलविन्दु मात्रै छन्, नदी कहीँ छैन । झन् यथार्थमा जाने हो भने आकाश सबैको मूल हो । जहाँ केवल अनन्तता छ । त्यहाँ मन, संशय छैन तसर्थ स्वीकार, धारणा र आग्रह छैन । जहाँ यी छैनन्, त्यहाँ विश्वास लोभ कलह, हत्या छैनन् । त्यहाँ आकाश छ, यही हो शुद्ध अवस्था, यही हो परमार्थ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट











