शरीरलाई तन्दुरुस्त राख्नका लागि अन्य भिटामिनको साथसाथै भिटामिन ‘डि’को पनि आवश्यक हुन्छ । यसले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिडामिन ‘डि’को प्रमुख स्रोत सूर्यको किरण हो तर आधुनिक र व्यस्त जीवनशैलीका कारण मानिसहरु शारीरिक रुपमा सक्रिय रहँदा भिटामिन डिको कमि हुन जान्छ । यसको कमि हुन नदिन विभिन्न प्रकारका खानेकुराको सेवन गर्न सकिन्छ —
– दूधमा क्याल्सियम र भिटामिन ‘डि’ भरपूर मात्रामा पाइन्छ । नियमित दूध पिउँदा समग्र शरीरलाई नै धेरै फाइदा हुन्छ ।
– दही भिटामिन ‘डि’को राम्रो स्रोत हो र जुन हड्डीको लागि निकै राम्रो मानिन्छ । दहीमा पानीको मात्र अधिक हुने हुनाले यसलाई पचाउन निकै सहज पनि हुन्छ ।
– पालुङ्गको नियमितले सेवनले शरीरलाई आवश्यक प्रोटिन, भिटामिन डि जस्ता तत्वहरु पाइन्छ ।
– सोयाबीनको नियमित सेवनले यसमा पाइने प्रोटिन, क्याल्शियम, भिटामिन डि, ओमेगा–३ फ्याटी एसिड, आइरन, भिटामिन बि, जिङ्क, फोलेट, सेलेनियम आदि पदार्थहरुका कारण हड्डीहरु मजबुत बनाउँछ ।
– च्याउ भिटामिन ‘डि’को सबैभन्दा राम्रो स्रोत हो । यसको सेवन मानव स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।
– अण्डामा प्रोटिन, भिटामिन डी, क्याल्सियम र अन्य थुप्रै प्रकारका मिनरल्सले भरिपूर्ण हुन्छ । यसलाई बिहानको नास्तामा खाने गर्नाले हड्डीलाई मज्बुत बनाउँछ ।













