अधिकांश अभिभावकहरु बच्चालाई सुधार्नका लागि कुट्ने तरिका अपनाउँछन् । यसरी कुट्दा उनीहरु सुध्रिने होइन, थप आक्रमक एवं रिसाह हुने गर्छन् । बच्चालाई जति कुट्यो त्यति उग्र स्वभाव विकास हुँदै जाने हुँदा उनीहरुले कुटाई खाएको केही समयमै अर्को बदमासी गर्न सुरु गर्छन् ।
के गर्ने ?
– बच्चाको हरेक काममा परिपक्कता खोज्नुहुन्न । उनीहरुले गल्ती गर्छन् र गल्तीबाटै सिक्छन् पनि ।
– बच्चाले जिद्दी ग-यो, झगडा ग¥यो भनेर उनीहरुलाई तुरुन्तै प्रतिकार गर्ने भन्दा पनि केहीबेर शान्त हुन दिने । शान्त भइसकेपछि सम्झाउने गर्नुपर्छ ।
– बच्चालाई झुटो आश्वसन, लोभ देखाएर, डर देखाएर कुनै पनि काम गर्न प्रेरित गर्नु हुँदैन ।
– बच्चा कसरी खुसी हुन्छन् भन्ने कुरामा ध्यान दिने गर्नुपर्छ ।
– बच्चासँग खेल्ने, रमाउने गर्नुपर्छ र बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ ।













