• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

डेन्मार्ककी महारानीद्वारा गद्दीत्याग गर्ने घोषणा, को हुन् उनका उत्तराधिकारी

by
१८ पुस २०८०,
0
डेन्मार्ककी महारानीद्वारा गद्दीत्याग गर्ने घोषणा, को हुन् उनका उत्तराधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डेन्मार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गर्ने घोषणा गरेकी छन्।

नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले आफू देशको शासनबाट हट्ने बताएकी हुन्।

उनी ज्यानुअरी १४ को दिन राजगद्दीबाट हट्ने छिन्। त्यो दिन उनले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ।

“म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उनले आफ्नो घोषणामा भनेकी छन्।

महारानी मार्ग्रेटा ८३ वर्षकी भइन्। अहिले विश्वमा राजगद्दीमा भएकी उनी एकमात्र महिला हुन् भने राजतन्त्र भएका युरोपेली देशमा लामो समयदेखि सत्तासीन व्यक्ति पनि।

उनले आफ्ना बुबा फ्रेडेरिक नवमको मृत्यु भएपछि सन् १९७२ मा राज्यारोहण गरेकी थिइन्।

कारण
सन् २०२३ को सुरुतिर ढाडको शल्यक्रिया गरेपछि केही समय सोचेको र राजगद्दी परित्याग गर्ने निर्णय गरेको बताइन्।

“शल्यक्रियाले स्वभाविक रूपमा भविष्यबारे सोच्न दियो – अर्को पुस्तालाई उत्तरदायित्व हस्तान्तरण गर्नुपर्ने समय त आइपुगेको हैन,” उनले भनिन्।

“मैले यो नै उपयुक्त समय भएको ठानेर निर्णय लिएकी छु,” उनले डेन्मार्कका जनतालाई धन्यवाद दिँदै भनिन्।

प्रधानमन्त्री मेड फ्रेडरिक्सनले उनको सेवाका लागि महारानीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीले एउटा वक्तव्यमा महारानीले आजीवन गरेको समर्पण र राज्यका लागि गरेका अथक प्रयासका लागि कृतज्ञता ज्ञापन गरेका छन्।

“एक हजार वर्षभन्दा बढी समयदेखि राजप्रतिनिधि ृराजा वा रानीे को कर्तव्य र पद हस्तान्तरण हुँदै आएको भए पनि राजगद्दी हस्तान्तरणको समय आएको थाहा पाउन सहज छैन,” प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ।

“हामीमध्ये धेरैले अर्का राजा वा रानी चिनेका छैनौँ। महारानी मार्ग्रेटा डेन्मार्ककी प्रतीक हुन् अनि वर्षौँदेखि उनले हामी जनता र राज्यका रूपमा को हौँ भन्ने चिनाउन शब्द र अनुभूति दिँदै आएकी छन्।”

राज्यारोहणको औपचारिक समारोह नहुने

ब्रिटिश वा अरू राजपरम्परामा जस्तो डेन्मार्कमा राज्यारोहणको औपचारिक समारोह हुँदैन।

कोपन्हेगनस्थित अमेलिअन्बोर राजदरबारले उक्त दिन नयाँ शासकले राज्यारोहण गरेको घोषणा मात्र गर्छ।

महारानी मार्गरेटाका उत्तराधिकारी उनका छोरा फ्रेडरिक हुन्।

फ्रेडरिक डेन्मार्कका राजा तथा ग्रीनल्यान्ड र फेअरो आइलन्ड्सका राष्ट्रप्रमुख बन्ने छन्।

डेन्मार्कमा संवैधानिक राजतन्त्र छ।

नयाँ राजा हुन लागेका फ्रेडरिकबारे के थाहा छ

युवराज फ्रेडरिक अहिले ५५ वर्षका भए।

उनी डेन्मार्कको अर्हूस विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्। सन् १९९० को दशकको पूर्वार्धसम्म उनको छवि मोजमस्तीमा रमाउने व्यक्तिको थियो। तर विश्वविद्यालयको पढाइ पूरा गरेपछि उनीप्रति हेर्ने दृष्टिकोण फेरिन थाल्यो।

उनी डेन्मार्कको राजपरिवारमा विश्वविद्यालयबाट दीक्षित हुने पहिलो सदस्य हुन्।

उनले संयुक्त राज्य अमेरिकास्थित विश्वप्रसिद्ध हार्भड विश्वविद्यालयमा पनि अध्ययन गरेका थिए। त्यसका लागि उनले छद्मनाम फ्रेडरिक हेन्रीक्सन प्रयोग गरेका थिए।

उनले डेन्मार्कको जलसेनामा पनि काम गरेका छन्। जलसेनामा हुँदा उनलाई “पिङ्गो” उपनामले चिनिन्थ्यो।

स्क्यूबा डाइभिङको तालिम लिँदा उनको पोसाकमा पानी भरिएकाले पेन्ग्विनले जसरी पौडिनुपरेकाले उनले त्यो उपनाम कमाएको डेलीमेलले जनाएको छ।

म आफूलाई ‘किल्लामा बन्द गर्न चाहन्नँ’
युवराज फ्रेडरिकले ग्रीनल्यान्डमा स्कीबाट चार महिनाको यात्रा गरेका छन्। हिउँ भएको ठाउँमा यात्रा गर्दार र स्कूटर दुर्घटनामा परेर उनी अस्पताल पनि भर्ना हुनुपरेको थियो।

“म आफूलाई किल्लामा बन्द गर्न चाहन्नँ। म आफू हुनु चाहन्छु, मानव हुन चाहन्छु,” उनले एक पटक भनेका थिए।

बेलायतका राजा चार्ल्स तृतीयजस्तै फ्रेडरिक पनि पर्यावरणप्रतिको आफ्नो रुचिका कारण परिचित छन्। उनले भविष्यमा डेन्मार्कलाई “राम्रो नेतृत्व दिने” गर्ने वाचा गरेका छन्।

उनकी पत्नी मेरी अस्ट्रेलियाको ट्यास्मेनिआ टापुमा हुर्केकी हुन्। उनीहरूको पहिलो भेट सन् २००० मा ओलम्पिक प्रतियोगिताका क्रममा सिड्नीमा भएको थियो।

पहिलो पटक बारमा भेट्दा उनी डेन्मार्कको राजकुमार भएको कुरा आफूले थाहा नपाएको र पछि अरू कसैले सुनाइदिएको मेरीले यसअघि एउटा अन्तर्वार्ताका क्रममा भनेकी थिइन्।

फ्रेडरिकसँग विवाहअघि मेरी वकिलका रूपमा काम गर्थिन्।

उनीहरूका चार सन्तान छन्। उक्त दम्पतीले आफ्ना सन्तानलाई राज्यले सञ्चालन गरेका विद्यालयमा पढाएर यथासम्भव सामान्य रूपमा हुर्काउने प्रयास गरिरहेका छन्।

मार्ग्रेटा महारानी बन्ने ठानिएको थिएन
महारानी मार्ग्रेटा डेन्मार्कमा निकै लोकप्रिय छिन्। धेरैले उनी आजीवन राजगद्दीमा बस्ने अपेक्षा गरेका थिए।

“तपाईँका लागि महारानी एलिजाबेथ जे थिइन् उनी हाम्रा लागि त्यस्तै हुन्,” डेनिश पत्रकार टिन गोट्शेले भने।

मार्ग्रेटा सन् २०२२ मा एलिजाबेथको अन्तिम संस्कारमा सहभागी भएकी थिइन्।

एलिजाबेथले ब्रिटेनमा ७० वर्ष शासन गरेकी थिइन्।

मार्ग्रेटाको जन्म हुँदा उनी राजगद्दीमा बस्ने सम्भावना देखिएको थिएन।

तर उनी १३ वर्षकी हुँदा डेन्मार्कको कानुनमा संशोधन भयो र महिलालाई पनि राजगद्दीमा बस्ने बाटो खुल्यो।

एक दशकअघि मार्ग्रेटाले आफूले ब्रिटिश महारानीबाट प्रेरणा लिएको बताइकी थिइन्।

महारानी एलिजाबेथको निधनअघि यी दुई जना मात्रै राजगद्दीमा रहने महिला थिए।

धूमपानको लत र मोबाइल फोन अस्वीकार
महारानी मार्ग्रेटा डेन्मार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति हुन्।

सन् २०२३ को आरम्भमा डेन्मार्क र नर्वेका राजा क्रिस्चियन चतुर्थलाई पछि पारेर उनी डेन्मार्कको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने शासक बनेकी थिइन्।

मायालु स्वभावकी महारानी मार्ग्रेटाको धूमपान गर्ने बानी छ। उनी मोबाइल फोन र इन्टरनेट प्रयोग नगर्ने स्वभावका कारण पनि परिचित छिन्। उनले यी दुवै कुराबिनै आफू “औधी खुसी” रहेको बताउने गरेकी छिन्।

राजगद्दीमा बस्दा पनि महारानी मार्ग्रेटाले एक कलाकारको रूपमा काम गरिरहेकी थिइन्। कलाप्रतिको प्रेमका लागि पनि उनलाई धेरैले सम्मान गर्ने गरेका थिए।

पुरातत्त्वमा पनि उनको रुचि छ र धेरै उत्खननका कार्यमा उनले भाग लिएकी छन्।

उनले यूकेको केम्ब्रिजको गिर्टन कलेज र लन्डन स्कूल अफ इकोनमिक्समा अध्ययन गरेकी थिइन्।

सन् १९६७ मा उनले फ्रान्सेली कूटनीतिज्ञ हेन्री डे लेबोर्डे डे मोन्पेजातसँग विवाह गरेकी थिइन्। उनको सन् २०१८ मा मृत्यु भयो।

प्रत्येक वर्ष इस्वी संवत्‌को नयाँ वर्षको पूर्वसन्ध्यामा महारानीले टेलिभिजनमार्फत् सम्बोधन गर्ने गरेकी थिइन्।

यस वर्ष नियमित सम्बोधनसँगै उनले मध्यपूर्व र युक्रेनमा भएका युद्धका साथै जलवायु परिवर्तनलाई सम्बोधन गर्नुपर्ने आवश्यकताबारे चर्चा गरिन्। अनि अन्ततः आफूले राजगद्दी त्याग्न लागेको घोषणा गरिन्।

युरोपका अन्य देशहरूमा जस्तै डेन्मार्कले पनि राजपरिवारको सुविधा पाउने परिवारका सदस्यहरूको सङ्ख्या घटाएको छ।

यो निर्णयले गत वर्ष राजकुमार फ्रेडरिकका कान्छा भाइको शाही उपाधि खोसिएपछि गत वर्ष राजपरिवारमा बेमेल देखा परेको विवरणहरू आएका थिए।

Previous Post

लघुकथाः मान्छे

Next Post

नेपालमा मासु तथा अन्डा खपत न्यून

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
नेपालमा मासु तथा अन्डा खपत न्यून

नेपालमा मासु तथा अन्डा खपत न्यून

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In