यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाको आक्रमणमा रेड सागरमा १० लडाकु मारिएको बताएको छ।
अन्तरराष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाजमा रहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको उनीहरुको दाबी छ। हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीनवटा डुङ्गामा आक्रमण गरेको दाबी गरे।
प्रवक्ता सारियाले अमेरिकाले यसको नतिजा भोग्ने चेतावानी दिए।













