• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुतली बाजेको योगदानको स्थलः पुतली सङ्ग्रहालय

by
१३ पुस २०८०,
0
पुतली बाजेको योगदानको स्थलः पुतली सङ्ग्रहालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको सङ्ग्रहालयमा विभिन्न ९३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।

‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रुपमा रहेको यो सङ्ग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयका रुपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० को सञ्चालनमा रहेको यस सङ्ग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व। डोरोथी मिरोले स्थापना गरेका हुन् । तत्कालीन समयमा हाल रहेको सङ्ग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिएका हुन् ।

सङ्ग्रहालय परिसरमा पुुग्नासाथ सङ्ग्रहालय भवनका बाहिर ठिङ्ग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरुपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । उक्त सङ्ग्रहालय २०४३ सालमा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ ।

मिरोले स्थापना गरेका सङ्ग्रहालयमा पुतलीहरूको सङ्कलन भने बेलायतको लण्डन जन्मस्थान भई नेपालको सम्मानार्थ नागरिकता प्राप्त गरेका स्व।कोलिन फिलिप स्मिथले गरेका हुन् । स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू सङ्कलन गरी ल्याउनुुभएको सङ्ग्रहालयका कर्मचारी सुरेन्द्र परियारले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयमा नेपाल भित्र पाइने ५८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३५० प्रजातिका पुतली रहेका छन् ।

मूल प्रवेशद्वारबाट छिर्ना साथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृत्तिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रुपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूूभागमा पाइने जीवजन्तुु बारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुुनामा नेपालमा पाइने हिमाली जीवजन्तुुबारे जानकारी लिन सकिन्छ । उक्त कक्षको पश्चिममा लोपोन्मुख जनावर र दक्षिणतर्फ रातको सहयमा सकृय हुने जीवजन्तुुुहरू राखिएको छ । कर्णाली र नारायणी नदीमा पाइने डल्फिल आदिबारे हेर्न र जान्न पाउँदा आउने दर्शकहरू खुसी हुुने गरेका छन् । सङ्ग्रहालयको प्रवेशसँगै दर्शकहरूले छुुट्टै रोमाञ्चक अनुुभूति गर्दछन् ।

त्यस्तै यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । विभिन्न चट्टान, नेपालका काली गण्डकी नदीमा पाइने शालिग्राम तथा खनिजहरू सो कक्षमा राखिएको छ । त्यस कक्षमा राखिएको विभिन्न ७० प्रजातिका चरा, किङ क्रोब्रा, सिंगारे सर्प, धामन सर्प, हिमाली गिद्ध, डाँफे आदिले त्यसबारे जान्न र बुुझ्न चाहनेलाई फाइदा पुुगेको परियारले जानकारी दिए ।

यहाँको मुख्य आकर्षण पुतली कक्ष हो । नेपालमा सबैभन्दा ठूलो सङ्ख्यामा पुतलीहरू सङ्ग्रह गरिएको सङ्ग्रहालय भएका कारण पुतलीको अध्ययन अनुुसन्धान गर्न आउनेका लागि यो विशेष महत्वपूर्ण रहेको परियारले बताए । पुतलीकै कारण यसलाई पुतली सङ्ग्रहालयका रुपमा चिनिन्छ । नेपालमा पाइने ५८७ प्रजातिका र अन्य विभिन्न देशबाट ल्याइएका ३५० प्रजातिका पुुतली सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

विश्वकै सबैभन्दा ठूूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूूभागमा पाइने पुतली सङ्ग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिए । अध्ययनले पुतलीहरू थोराङ् पास गरेको पाइएको उनको भनाइ छ । ठाउँ र परिवेश अनुुसार पुतलीहरूमा फरक पन पाउन सकिने उनले बताए ।

पुतलीबारे जान्न र बुुझ्न चाहनेका लागि सङ्ग्रहालय पुुग्नैपर्ने गन्तव्य जस्तै बनेको बताउँदै परियारले यसको श्रेय बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नै जाने बताए । आफ्नो जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा विताएका स्मिथ पुतली बाजेका रुपमा चिनिन्थे । बेलायतमा जन्मिएर नेपाललाई आफ्नो कर्मस्थल बनाउनुुभएका उहाँ ८७ वर्षको उमेरमा पोखरामा दिवंगत बनेका हुन् । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा विताएका उनी नेपालमा पाइने पुतलीहरुको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका रुपमा नामले प्रसिद्ध बनेका सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठले बताए ।

जीवनको करिब छ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा विताएका स्मिथलाई नेपाल सरकारले समानार्थ नागरिकता समेत प्रदान गरेको थियो । उनी पहिलोपटक २०२२ सालमा बेलायतबाट नेपाल आएका थिए । युनिभर्सिटी अफ लण्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उनी ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि उनी नेपाल आएका थिए । तत्कालीन समयमा उहाँले गोरखाको विद्यालयमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, बरिष्ठ चिकित्सक स्व।उपेन्द्र देवकोटालगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई अध्यापन गराएका थिए ।

तीसवर्षे उमेरमा नेपालमा आएका स्मिथले ५८ वर्षको नेपाल बसाइका क्रममा पाँच दशक पुतलीकै अध्ययन अनुसन्धान एवम् अभिलेखीकरणमा विताएका थिए । २०२३ सालमा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग छ वर्षे सम्झौता गरेर उहाँले करिव २५ हजार पुतली सङ्कलन गरेका थिए । तत्कालीन सयमा उनले नेपालका लगभग ४० जिल्लामा पुुगेर पुतली सङ्कलन गरेका हुन् । पेशाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धनामा उनको ठूलो मोह थियो । उनले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट सङ्कलन गरिएका पुतली सङ्ग्रहालयमा छन् ।

सन् १९६६ सालमा नेपाल आएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । उनको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवम् सङ्कलनमा जीवन व्यतित गरेका उनको सम्मानमा सङ्ग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ ९पुतली बाजे०’ लेखेर एउटा बोर्डमा उनका नेपाल बसाइका विभिन्न स्मरण सजाइएको छ । उक्त बोर्डमा राखिएका नागरिकताको खोजीमा जिल्ला प्रशासन कार्यालय पुुगेको, नेपाली नागरिकतासँगै लिएर पढ्दै गरेका तस्बिर सहित सम्मान ग्रहण गर्दाका क्षण आदिलाई त्यहा पुुग्ने जो कोहीले नियालेर हेर्ने गरेका छन् ।

विश्वमा पाइने १७ हजार पाँँच सय प्रजातिका पुतलीमध्ये नेपालमा मात्रै करिब ६६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व रहेको छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पुु¥याउने भएकोले किसानको साथीका रुपमा पनि यसलाई लिने गरिन्छ ।

सङ्ग्रहालयको अर्को कक्षमा विभिन्न देशमा त्यहाँका मानिसले विशेष समारोहमा लगाउने पोशाकमा सजिएका गुडियाहरू सजाइएको छ । त्यहाँ पुुग्नेले कुन देशमा कस्तो पहिरन छ भन्ने राम्रोसँग बुुझ्न पाउँछन् । सोही कक्षमा विभिन्न जातजातिले प्रयोग गर्दै आएका प्राचीन घरहरू राखिएका कारण हाम्रो पुरानो संस्कार र संस्कृति बुुझ्न मद्दत पुुगेको छ ।

सङ्ग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप० बारे जान्न र बुुझ्न अर्को छुुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुुझ्ने व्यवस्था मिलाईको छ । एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुुगेर जान्न र बुुझ्न सकिन्छ ।

सङ्ग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुराहरू एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताए । “पुतली मात्रै नभएर हाम्रो समाज र परिवेशको पनि सङ्ग्रहालयमा चित्रण गर्न खोजिएको छ”, उनले भने, “यस्ता सङ्कलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुुझ्न योगदान गर्दछ ।” सङ्ग्रह गरिएका पुतली एवम् अन्य समाग्रीलाई वर्षौंसम्म जोगाउने किसिमले संरक्षण गर्न पनि जरुरी रहेको उनले बताए ।

सङ्ग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुुरुङ्गी, जनावर, सर्प आदिले वनस्पति एवम् पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुुग्ने गरेको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउँछन् । “हामी सङ्ग्रहित सामग्रीलाई कसरी जोगाउने भन्नेमा छौँ”, उनले भने, “सङ्ग्रहित हरेक सामग्री अति नै संवेदनशील छन्, यी सामग्रीलाई वर्षौंसम्म जोगाउनुु ठूलै चुनौतीका रुपमा रहेको छ ।”

सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू पुग्ने गरेका छन् । अघिल्लो वर्ष कुल छ हजार ५३५ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये तीन हजार ५१९ जना नेपाली, ५२२ जना विदेशी र दुई हजार ४९४ जना विद्यार्थी रहेको सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयमा पुुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एकपटक पुुग्नैपर्ने गन्तव्यका रुपमा चित्रण गर्ने गर्दछन् ।

Previous Post

लघुकथाः मोह

Next Post

झापामा हात्तीको आक्रमणबाट मृत्यु

सम्बन्धित खबर

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
फिचर-ब्यानर

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ फाल्गुन २०८२,
Load More
Next Post
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या

झापामा हात्तीको आक्रमणबाट मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In