• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

by
१३ पुस २०८०,
0
‘आणविक हमला’ गर्न नहिच्किचाउने’ उत्तर कोरियाली नेता किमको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।

उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णयसार्वजनिक गर्ने अपेक्षा गरिएको छ । प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसएिनए) का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गरेको हो ।उनले वासिङ्टनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको पनि बताए ।

सियोल, टोकियो र वासिङ्टनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृङ्खलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् । यसै महिनाको सुरूमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी आइपुगेको थियो र वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा बी–५२ बमवर्षक विमानजस्ता अमेरिकी रणनीतिक सम्पत्तिको सहभागितालाई ‘अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो । प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरेको छ । प्योङयाङले आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको छ र आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल ९आईसीबीएम० को परीक्षण गरेको छ ।

उत्तर कोरियाली नेता किमले यसै साताको सुरुमा सन् २०२३ लाई ‘ठूलो परिवर्तनको वर्ष’ का रूपमा परिभाषित गर्नुभएको थियो । यसमा प्योङयाङले ‘आफ्नै सेटलाइटबाट विश्वलाई देख्ने विजय’ प्राप्त गर्ने उद्देश्य लिएको थियो । गत हप्ता संयुक्त राष्ट्रसङ्घको आणविक हतियारमामिला हेर्ने निकायले उत्तर कोरियाको योङब्योन आणविक केन्द्रमा रहेको दोस्रो रिएक्टर सञ्चालनमा आएको भन्दै यसलाई ‘अत्यन्त खेदजनक’ कार्य भनेको थियो ।

‘वल्र्ड इन्स्टिच्युट फर उत्तर कोरिया स्टडिज’का सञ्चालक आन चान इलले एएफपीसँग भन्नुभयो, “उत्तर कोरियाले अन्तरकोरियाली सीमा नजिकका क्षेत्रमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने र नयाँ वर्षमा आफ्नो आणविक कार्यक्रमलाई अझ अगाडि बढाउने सम्भावना छ ।”

प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामाथि ‘ठूलो दबाब’ सिर्जना गर्न र परम्परागत सहयोगी रूस र चीनसँग घनिष्ठ सम्बन्ध कायम राख्न यस्तो कदम चाल्ने उनले बताए । गत वर्षको अन्त्यमा भएको पार्टी बैठकमा किमले ‘देशको आणविक शस्त्रागारमा उल्लेखनीय वृद्धि गर्न’ आह्वान गरेका थिए ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले यसै महिनाको सुरुमा वासिङ्टनमा आफ्नो आणविक परामर्श समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँग द्वन्द्वको स्थितिमा आणविक निरोध विकल्पहरूबारे छलफल गरेका थिए । उनीहरूले प्योङयाङले अमेरिका वा दक्षिण कोरियामाथि गरेको कुनै पनि आणविक आक्रमणले किम शासनको अन्त्य हुने चेतावनी दिएका छन् ।

त्यसपछि उत्तर कोरियाको रक्षा मन्त्रालयका एक प्रवक्ताले अर्को वर्ष वार्षिक संयुक्त सैन्य अभ्यासलाई विस्तार गर्ने र यसमा आणविक अपरेसन ड्रिल समावेश गर्ने अमेरिका र उसका सहयोगी राष्ट्रहरूको योजनाको आलोचना गर्दै यसलाई ‘आणविक टकरावको बारेमा खुला घोषणा’को संज्ञा दिएका थिए ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

यस्ता छन् पुरुष भन्दा महिला बढी बाँच्ने कारण

सम्बन्धित खबर

प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
Load More
Next Post
यस्ता छन् पुरुष भन्दा महिला बढी बाँच्ने  कारण

यस्ता छन् पुरुष भन्दा महिला बढी बाँच्ने कारण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In