• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आजदेखि विश्वकप फुटबल शुरु हुदै, यी ३२ देश उपाधिका लागि भिड्ने

by
४ मंसिर २०७९,
0
आजदेखि विश्वकप फुटबल शुरु हुदै, यी ३२ देश उपाधिका लागि भिड्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस बर्षको फिफा विश्वकप फुटबल आजदेखि कतारमा शुरु हुदै छ । फिफा विश्वकप अन्तर्गत आज पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९स् ४५ बजेदेखि शुरु हुने छ । यो खेल अल बायट स्टेडियममा हुने छ ।

यस विश्वकपमा आयोजक कतारसहित जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, वेल्स, अस्ट्रेलिया र कोस्टारिका रहेका छन् ।

विश्वकपमा कुन समुहमा को को छन्

समुह ए

१. कतार
२. नेदरल्यान्ड्स
३. सेनेगल
४. इक्वेडर

समुह बि

१. इङल्याण्ड
२. अमेरिका
३. इरान
४. वेल्स

समुह सी

१. अर्जेन्टिना
२. मेक्सिको
३. पोल्याण्ड
४. साउदी अरेबिया

समुह डी

१. फ्रान्स
२. डेनमार्क
३. ट्युनिसिया
४. अस्ट्रेलिया

समुह इ

१. स्पेन
२. जर्मनी
३. जापान
४. कोस्टारिका

समुह एफ

१. बेल्जियम
२. क्रोसिया
३. मोरक्को
४. क्यानाडा

समुह जी

१. ब्राजिल
२. स्वीटजरल्याण्ड
३. सर्बिया
४. क्यामरुन

समुह एच

१. पोर्चुगल
२. उरुग्वे
३. दक्षिण कोरिया
४. घाना

विश्वकप फुटबल खेल्ने ३२ देशको फिफा वरियता कस्तो छ

आजदेखि हुने विश्वकप फुटबलमा ३२ देशहरुले भाग लिएका छन् । यस विश्वकपमा शिर्ष स्थानमा रहेको ब्राजिलदेखि ६१औ स्थानमा रहेको घाना पनि सहभागी रहेको छ । त्यस्तै आयोजक कतार फिफा वरियतामा ५०औ स्थानमा छ ।

त्यस्तै फिफाको टप ३० वरियतामा रहेका इटाली, चिली, युक्रेन, स्विडेन, पेरु र कोलम्बिया विश्वकपमा सहभागी रहेका छैनन् । इटाली फिफा वरियताको छैटौं स्थानमा रहेर पनि विश्वकपमा स्थान बनाउन असफल रहेको छ । विश्वकपमा छनौट नहुने इटाली सबै भन्दा हाइ प्रोफाइल देश हो ।

फिफाले अक्टोबर ६ मा पछिल्लो पटक जारि गरेको वरियता अनुसार ब्राजिल पहिलो नम्बरमा छ भने बेल्जियम दोस्रो स्थानमा रहेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङल्याण्ड पाँचौं स्थानमा रहेको छ । त्यस्तै स्पेन सातौं स्थानमा छ भने नेदरल्याण्डस आठौ, पोर्चुगल नवौं, डेनमार्क १०औं, जर्मनी ११औँ, क्रोसिया १२औं, मेक्सिको १३औं, उरुग्वे १४औं र स्वीट्जरल्याण्ड १५औँ स्थानमा रहेको छ ।

त्यसैगरी अमेरिका १६औ, सेनेगल १८औं, वेल्स १९औं, र इरान २०औं स्थानमा रहेको छ । त्यस्तै सर्बिया २१औं, मोरक्को २२औं, जापान २४औं, पोल्याण्ड २६औं, दक्षिण कोरिया २८औं, ट्युनिसिया ३०औं र कोस्टा रिका ३१औं स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलिया ३८औँ, क्यानडा ४१औँ, क्यामरुन ४३औं, इक्वेडर ४४औँ, कतार ५०औँ, साउदी अरेबिया ५१औं र घाना फिफा वरियतामा ६१औं स्थानमा रहेको छ ।

कुन देशले कति पटक जिते उपाधि

१९३० मा खेलिएको पहिलो विश्वकपपछि अब कतारमा हुने विश्वकप २२औं विश्वकप फुटबल हो । यस बीचमा सन् १९४२ र १९४६ मा दुई पटक विश्व युद्धका कारण विश्वकप फुटबल आयोजना हुन सकेको थिएन । यस अघि भएका २१ विश्वकप फुटबलमा सबैभन्दा धेरै पटक विश्वकप जित्ने देश ब्राजिल हो । ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । तर ब्राजिलले पछिल्लो पटक २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यस्तै ब्राजिल १९५० र १९९८ मा फाइनलमा पुगेर पराजित भएको थियो । त्यस्तै १९३८ र १९७८ मा विश्वकपमा तेस्रो भएको थियो भने १९७४ र २०१४ को विश्वकपमा चौथो स्थान हासिल गरेको थियो ।

ब्राजिलपछि धेरै पटक विश्वकप जित्ने देश जर्मनी र इटाली हो । दुवै देशले ४(४ पटक विश्वकपको उपाधि जितेका छन् । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको थियो भने इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २(२ पटक विश्वकपको उपाधि जितेका छन् । अर्जेन्टिनाले १९७८ र १९८६ को विश्वकपको उपाधि जितेको छ भने १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।

त्यस्तै फ्रान्सले १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २००६ को विश्वकपको उपविजेता बनेको थियो ।

त्यस्तै उरुग्वेले १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने त्यसपछि १९५४, १९७० र २०१० मा चौथो स्थान हासिल गरेको थियो ।

त्यस्तै ईङल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि जितेका छन् । ईङल्याण्डले १९६६ मा विश्वकपको उपाधि जितेको थियो भने स्पेनले २०१० को विश्वकप जितेको थियो ।

त्यस्तै फाइनलमा पुगेर पनि विश्वकपको उपाधि जित्न नसकेका देश ५ रहेका छन् । जसमा नेदरल्याण्डस यसअघि तीन पटक १९७४, १९७८ र २०१० मा विश्वकपको फाइनलमा पुगेर पनि उपविजेतामा चित्त बुझाएको थियो ।

त्यस्तै हंगेरीले १९३८ र १९५४ मा दुई पटक फाइनलमा पुगेर उपाधि जित्न असफल भएको थियो । त्यसैगरी चेक रिपब्लिकले १९३४ र १९६२ मा फाइनलमा पुगेर उपाधि जित्न सकेको थिएन भने स्विडेनले १९५८ मा र क्रोसियाले २०१८ मा विश्वकपको फाइनलमा पुगेर पनि विश्वकपको उपाधि जित्न असफल भएका थिए ।

विश्वकपमा धेरै गोल गर्ने खेलाडी को को छन् रु

विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन् । उनले विश्वकपमा कुल २४ खेल खेल्दै १६ गोल गरेका छन् । क्लोजले कुल चार विश्वकप खेलेका थिए । उनले २००२, २००६, २०१० र २०१४ को विश्वकप खेलेका थिए । २०१४ मा जर्मनीले विश्वकप जित्दा क्लोज टिमका महत्वपूर्ण सदस्य थिए । उनले यस विश्वकपमा दुई गोल गरेका थिए ।

त्यस्तै विश्वकपको इतिहासमा अहिलेसम्म सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी ब्राजिलका लिजेण्ड खेलाडी रोनाल्डो हुन् । रोनाल्डोले विश्वकपका १९ खेलमा १५ गोल गरेका छन् । रोनाल्डो ब्राजिलले २००२ को विश्वकप जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । जापान र दक्षिण कोरियामा भएको सो विश्वकपमा रोनाल्डोले ब्राजिललाई उपाधि जिताउदा कुल ८ गोल गरेका थिए । रोनाल्डो सो विश्वकपको फाइनलमा जर्मनीविरुद्ध दुई गोल गर्दै ब्राजिलको २(० को जित सुनिश्चित गरेका थिए । रोनाल्डोले १९९४, १९९८, २००२ र २००६ को विश्वकप खेलेका थिए ।

त्यस्तै विश्वकपको इतिहासमा तेस्रो धेरै गोल गर्ने खेलाडी तत्कालिन पश्चिम जर्मनीका जेर्ड मुलर हुन् । मुलरले विश्वकपका १३ खेलमा १४ गोल गरेका छन् । उनले १९७० र १९७४ को विश्वकप खेलेका थिए ।

त्यस्तै विश्वकपमा चौथो धेरै गोल गर्ने खेलाडी फ्रान्सका जस्ट फोन्टेन हुन् । उनले १९५८ को विश्वकपमा ६ खेलमा १३ गोल गरेका थिए ।

त्यस्तै विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सूचीमा पाँचौं नम्बरमा ब्राजिलका लिजेण्ड पेले रहेका छन् । पेलेले चार विश्वकपका १४ खेलमा १२ गोल गरेका थिए । पेलेले १९५८, १९६२, १९६६ र १९७० को विश्वकप खेलेका थिए ।

त्यस्तै यस सूचीमा छैटौं स्थानमा दुई खेलाडी रहेका छन् । जसमा हंगेरीका सानडोर कोकसीस र वेस्ट जर्मनीका जर्गेन किंग्सम्यान । दुवैले विश्वकपमा ११(११ गोल गरेका छन् । सानडोरले १९५४ को विश्वकप खेल्दै ५ खेलमा ११ गोल गरेका थिए भने किंग्सम्यानले १९९०, १९९४ र १९९८ को विश्वकपका कुल १७ खेल खेल्दै ११ गोल गरेका थिए ।

त्यस्तै यस सूचीमा आठौ स्थानमा ६ खेलाडी रहेका छन्, जसले विश्वकपमा १०(१० गोल गरेका छन् । विश्वकपमा १०(१० गोल गर्ने खेलाडीमा वेस्ट जर्मनीका हेलमुट रहन, ईङल्याण्डका गेरी लाइनकेर, अर्जेन्टिनाका गाब्रियल बाटिसटुटा, पेरुका टेओफिलो, जर्मनीका थोमस मुलर र पोल्याण्डका गर्जेगोर्ज लाटो रहेका छन् ।

त्यस्तै अहिले यस विश्वकप खेलिरहेका खेलाडीमा धेरै गोल गर्ने खेलाडी जर्मनीका थोमस मुलर हुन् । मुलरले विश्वकपमा १६ खेलमा १० गोल गरेका छन् । त्यस्तै मुलरपछि विश्वकपमा धेरै गोल गर्ने खेलाडी उरुग्वेका लुइस स्वरेज र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन । स्वरेजले विश्वकपका १३ खेलमा ७ गोल गरेका छन् भने रोनाल्डोले विश्वकपका १७ खेलमा ७ गोल गरेका छन् ।

त्यस्तै ईङल्याण्डका ह्यारी केन, ब्राजिलका नेइमार, अर्जेन्टिनाका लियोनेल मेसीले विश्वकपमा ६(६ गोल गरेका छन् ।

नेपालमा विश्वकप हेर्न अतिरिक्त ५६५ रुपैयाँ तिर्नुपर्ने

नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । नेपालमा विश्वकपको प्रशारण अधिकार किनेको मिडिया हबले अब विश्वकपको प्रत्यक्ष प्रशारण गरे बापत प्रति सेटअप बक्स ५६५ अतिरिक्त शुल्क लिने भएको छ ।

यसको विरुद्धमा अदालतमा मुद्दा परेको भएपनि अदालतले शुल्क लिएर प्रशारण गर्ने अनुमति दिएपछि नेपाली फुटबल प्रेमीहरुलाई विश्वकप हेर्न ५६५ तिर्नु पर्ने भएको हो । नेपालमा विश्वकपको प्रशारण हिमालय टिभीको प्रिमियम च्यानलमार्फत हुदै छ ।

Previous Post

प्रतिनिधि र प्रदेशसभाका लागि आज देशभर मतदान हुँदै

Next Post

आमनिर्वाचन २०७९ः देशैभर मतदान सुरु

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
आमनिर्वाचन २०७९ः देशैभर मतदान सुरु

आमनिर्वाचन २०७९ः देशैभर मतदान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In