• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग

by
७ पुस २०८०,
0
क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन– नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दा नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार पाँच सय उद्योग छन् । ती उद्योगमध्ये एक हजार दुई सय लघु उद्योग, दुई सय मझौला र एक सय ठूला उद्योग छन् । ती उद्योगले दैनिक एक हजारदेखि एक लाख जोरसम्म जुत्ता उत्पादन गर्दछन् ।

यी उद्योगमा रु ३० अर्ब लगानी रहेको र त्योमध्ये ६० प्रतिशत बैंक ऋण रहेको उनले जानकारी दिएका छन् । अध्यक्ष घिमिरेका अनुसार क्षमता धेरै भए पनि झण्डै ४० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । हाल नेपालको बजारमा वार्षिक १० करोड जोर जुत्ता माग रहेको अनुमान छ । नेपाली बजार ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी जुत्ताले ओगटेको छ ।

भूकम्पअघि वार्षिक तीन करोड हाराहारी जोर जुत्ता निर्यात हुँदै आएकोमा अहिले ६५ लाख हाराहारीमा झरेको छ । सबैभन्दा बढी भारतमा र बाँकी १८ देशमा नेपाली जुत्ता जाने गरेको उनले बताएका छन् । एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेका अनुसार सरकारले नीति कार्यान्वयन नगर्दा समस्या आएको बताएका छन् । चोरीपैठारी हुने गरेको, न्यून बिजीकरणको समस्या हुने गरेको, दक्ष कामदारको अभाव, बैंकको ब्याज महँगो हुनुजस्ता कारण नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको हो । कच्चा पदार्थको भन्सारदर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याइँदा लागत बढेको छ ।

उनको भनाइमा राजनीतिक अस्थिरताका कारण उच्च तहमा रहेका कर्मचारी छोटो समयमा परिवर्तन हुने गरेकाले आफ्नो समस्याको सुनुवाइ हुन नसकेको हो । यो व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्ति नेपाली नहुँदा आधा विदेशी कामदार छन् । पूर्ण क्षमतामा उद्योग चल्न सकेमा एक लाख २५ हजारले रोजगारी पाउने न्यौपानेले बताए ।

एसोसिएसनका पूर्वअध्यक्ष कृष्णकुमार फुँयालका अनुसार व्यवसायी सङ्गठित भएर बजार प्रवर्द्धन गर्दै आएका छन् । नेपालका प्रमुख सहरमा धेरै उद्योगका सोरुम एकै ठाउँमा सञ्चालनमा ल्याउने गरेका छन् । गत वैशाखदेखि सोरुम सञ्चालन गर्न थालिएको हो । हालसम्म बुटवल, पोखरा, जनकपुर, काठमाडौँ, ललितपुरको सातदोबाटो र नारायणगढमा सोरुम सञ्चालनमा ल्याइएको छ ।

Previous Post

५४ हजारलाई टाइफाइडको खोप दिइने

Next Post

पाट्नेखोला पुल र सडक शिलान्यास

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
पाट्नेखोला पुल र सडक शिलान्यास

पाट्नेखोला पुल र सडक शिलान्यास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In