• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ढिके नुनबाट टाढिँदै बझाङी

by
६ पुस २०८०,
0
ढिके नुनबाट टाढिँदै बझाङी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैनपुर । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । उमेरले सात दशक नाघेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् ।

विगत सम्झँदै उनी भन्छन्, “साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह) मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।”

उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । “नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,” उनी भन्छन् । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । “बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो ।”

वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए । “आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी ढिके नुन खाँएर हुर्कियो , केही भएन । क्या हो, क्या हो ।”

खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । “गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै ।”

गाउँमा २०६४÷६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाए । “सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो । त्यो अहिले पनि सम्झना छ ।” त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उनले बताए ।

वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताए । “सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ । आजभोलि त घर घरै साल्ट्र टे«डिङको नुन पुगिसक्यो,” उनले भने ।

जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ । सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र टे«डिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए । उनले भने, “अहिले सबै ठाउँमा पर्याप्त नुन छ । साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ । धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ । अब एक–दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ ।” अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उनले बताए । उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ । यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बताए ।

“सरकारले विगतका वर्षहरुमा भन्दा कम वजेट विनियोजन गरेकाले यसपटक कम परिणाम आएको छ । थपका लागि पत्राचार भएरहेको छ । ”

डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताए । “पहिले नियमित बिक्री गथ्र्यौं । अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो । त्यसैले साप्ताहिक रूपमा बेच्न सुरु गरेका हौँ,” उनले भने ।

के हो आयोडिनयुक्त नुन ?
साल्ट्र ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा आयोडिन एउटा पोषक तत्व भएको बताउछन् । उन भन्छन्, “आयोडिन हाम्रो माटोमा हुन्छ । यदि माटोमा आयोडिनको कमी भयो भने त्यहाँ उत्पादित सामग्री अन्न, तरकारी, फलफूलमा समेत आयोडिनको अभाव हुने गर्छ ।” उनले नेपालको भूगोल भिरालो भएकाले आयोडिन माथिल्लो लेअरबाट बग्ने गरेको बताए । “माथिल्लो लेअरमा भएको आयोडिन वर्षा, बाढी, पहिरो, भूक्षय, हावाहुरीले सबै बगाएर लिन्छ । यसैले हाम्रो मुलुकमा पाउँदैन । अहिले आयोडिनको मुख्य स्रोत भनेको समुन्द्रको पानी, समुन्द्री जीवजन्तु हुन गएको छ ।”

उनले थाइल्यान्डमा अण्डालाई आणाइजेसन प्रविधिबाट आयोडिन मिसाएर समुदायमा वितरण गर्ने गरेको बताए । “विभिन्न मुलुकमा आफ्नै तरिकाले आयोडिन उत्पादन गरिरहेका छन् । चीनमा आयोडिन मिसाएको पानीबाट सिँचाइ गरिन्छ । कतिपय देशमा खानामा पाउरोटी हुने र त्यसैमा आयोडिन मिसाउने गरेका छन् । नेपालमा भने समुन्द्रको नुनकै भर पर्नुपरेको छ,” उनले भए ।

आयोडिनको कमी हुँदा के हुन्छ ?
गर्भावस्थामा आयोडिन पुगेन भने आमाको गर्भ तुहिन सक्ने अवस्था आउन सक्छ । जन्मिएपछि पनि बालबालिका अपाङ्गता हुने, सुस्तःमनस्थिति, गलगाडको समस्या, बच्चा जन्मने वा गर्भमै मर्नसक्ने लक्षण भएको नायब महाप्रबन्धक झाले बताए । उनका अनुसार आयोडिन नपुगेको बालबालिका चलाख र क्षमतावान् हुन सक्दैन । मानसिक विकास, बौद्धिक क्षमता, खेलकुदलगायत क्षेत्रमा निकै कमजोर हुने गर्छ ।

महिनावारी हुने अवस्थामा पुगेका किशोरीको महिनावारी गडबढी, अत्यधिक रक्तस्राव हुने, पेट दुख्नेलगायत समस्या पनि आयोडिनको अभावले हुने गरेको उनले बताए । “बालबालिका मात्रै नभई विभिन्न उमेर समूहमा मान्छेलाई पनि आयोडिनको अभावले धेरै प्रकारका रोगहरू देखिने गरेका छन् ।” विभागीय प्रबन्धक झाले अहिले साल्ट्र ट्रेडिङले हरेक नागरिकलाई पुग्ने गरी मात्रा कायम गरेर सहुलियतमा आयोडिन नुन बिक्री वितरण गर्ने गरेको बताए ।

उनका अनुसार आयोडिनको अपुगले निकै समस्या देखिएपछि सन् १९६५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), युनिसेफले संयुक्त रूपमा सर्वेक्षण गरेको थियो । त्यो बेलामा ५५ प्रतिशत नेपालीलाई कुनै न कुनै रोग लागेको देखिएको थियो । त्यसपछि आयोडिनयुक्त नुन वितरण गर्दै १९८०, १९९८, २००७ र २०१६ मा गरिएको सर्वेक्षणले भने नेपालीको स्वास्थ्य सुधारोन्मुख देखिएको उनले बताए ।

Previous Post

मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

Next Post

मेवा बेचेर मासिक आम्दानी डेढ लाख

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
मेवा बेचेर मासिक आम्दानी डेढ लाख

मेवा बेचेर मासिक आम्दानी डेढ लाख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In