– विनोद नेपाल
कार्यक्रम सकिनै आँटेको थियो । सभापतिले कार्यक्रम समापनको जानकारी गराउन भूमिका बाँध्दै थिए ।
दर्शकदीर्घाको सबैभन्दा पछाडिको लहरमा बसेको ऊ एकाएक मञ्चतर्फ सोझियो ।
सरासर गयो र प्रमुख अतिथि र विशिष्ट अतिथिको बीचमा बस्यो ।
हातको मोबाईलको क्यामेरा सेल्फी मोडमा राख्यो र धमाधम फोटो खिच्यो ।
कार्यक्रम सकिनासाथ खाजाको प्याकेट हातमा लियो र घरतर्फ लाग्यो ।
केहीबेर पछि फोटोसहित फेसबुक स्टाटस अपडेट ग¥यो । लेखिएको थियो— आज एक कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिका साथ ।
फोटोमा उसको बाहेक कसैको अनुहार क्यामेरातर्फ थिएन ।
साभारः लघुकथा कुनोबाट











