• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेताहरु माथी मुक्कादेखि जुत्तासम्म, कस–कसले भेटे मुक्का र जुत्ता ?

by
२ पुस २०८०,
0
नेताहरु माथी मुक्कादेखि जुत्तासम्म, कस–कसले भेटे मुक्का र जुत्ता ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ, नेता ताली र गाली दुवै खान तयार हुनुपर्छ । तर, नेपालका नेताहरुले भने बेलाबेलामा गाली मात्रै होइन, मुक्का, झापडदेखि जुत्ता प्रहारसम्मको सामना गर्नुपरेको छ । समृद्धिका लागि संकल्प यात्रा भन्दै नेकपा एमालेले थालेको मध्यपहाडी अभियानको क्रममा देश दौडाहामा रहेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि बिहीबार धनकुटामा मुक्का प्रहार भयो ।

मेची–महाकाली पदयात्राका क्रममा धनकुटा पुगेका बेला ओलीमाथि लेगुवाका महेश राईले मुक्का हानेका थिए । ओलीले मुक्का खाएको विषय सामाजिक सञ्जालमा भाइरल बनेपछि यसअघिपनि शीर्ष नेताहरुले खुकुरीदेखि जुत्ताको प्रहार खाएका घटना पुनः चर्चामा आएका छन् । केहि महिना अघि मात्रै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि २०५१ सालमा संसदमा तत्कालीन एमालेका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले जुत्ता प्रहार गरेका थिए ।

हालका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि २०६९ मंसिरमा आफ्नै नेतृत्वमा भएको सशस्त्रयुद्धमा सहभागी एक लडाकुको परिवारका सदस्यबाट झापड खानु पर्याे । प्रचण्ड माथि दोस्रो पटक २०७२ साउन २ गते सिराहामा ढुंगा र बोतल प्रहार भएको थियो । त्यस अघि २०७० कात्तिक २७ दाहाललाई नै लक्षित गरी कञ्चनपुरको ढक्कापुरमा शक्तिशाली विस्फोट गराइएको थियो । यस्तै २०७६ फागुन १८ गते भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दा समेत दाहाल माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको थियो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई २०६७ माघमा सुनसरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थानीय देवीप्रसाद रेग्मीको झापड हानेका थिए । खनाललाई थप्पड हानेको घटना सेलाउन नपाउँदै एमालेकै नेता खगराज अधिकारीलाई एमाले कार्यकर्ताले नै दुई चड्कन लगाएका थिए । यस्तै २०७३ मंसिर २२ गते पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि पोखरामा जुत्ता प्रहार गरिएको थियो । माओवादी नेता झक्कुप्रसाद सुवेदीलाई पनि २०६९ जेठ २ गते संविधानसभाको बैठक सकेर घर फर्कंदै गर्दा तीनकुनेस्थित एक चिया पसलले झापड हानेका थिए ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालालाई पनि २०६९ असोज १३ गते काठमाडौंको कपनमा उनकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरेका थिए । हालका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पनि २०६५ जेठ १५ गते एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकि थिइन् । यस्तै पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि पनि २०७४ चैत १ एक कार्यक्रममा पानीको बोटल प्रहार भएको थियो । थप्पड संस्कृति शिर्ष नेतामा मात्र सिमित छैन । नेपाली कांग्रेस पर्साका सभापति एवं क्षेत्र नम्बर ४ का सभासद सुरेन्द्रप्रसाद चौधरीले कांग्रेस नेता अजय चौरसियालाई कुटेका थिए ।

तत्कालिन मधेश प्रदेशका राज्यमन्त्री योगेन्द्र यादवलाई नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य प्रमिलादेवी दासले झापड हानेकी थिइन् । यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय शिर्ष नेतादेखि प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि समेतले बेलाबेलामा झापड, मुक्का र जुत्ताको प्रहार भोग्नु परेको छ । यी घटनाले नेपाली नेताहरु प्रतिको कार्यकर्ता र जनताको आक्रोश बढ्दै गएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ठूलो नेताहरुलाई झापड हान्नेदेखि जुत्ता प्रहार हुने गरेका घटनाहरु थुप्रै छन् ।

Previous Post

त्रिविको बदमासीः दुईजनाको समान अङ्क, एउटीलाई पदक, अर्कीलाई हैरानी

Next Post

अर्जेन्टिनामा शक्तिशाली आँधीः १३ जनाको मृत्यु, विद्युत सेवा अवरुद्ध

सम्बन्धित खबर

तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

११ चैत्र २०८२,
Load More
Next Post
अर्जेन्टिनामा शक्तिशाली आँधीः १३ जनाको मृत्यु, विद्युत सेवा अवरुद्ध

अर्जेन्टिनामा शक्तिशाली आँधीः १३ जनाको मृत्यु, विद्युत सेवा अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In