बदलिँदो खानपान र जीवनशैलीका कारण हिजोआज मानिसहरूमा मोटोपनाको समस्या विकराल बन्दै गइरहेको छ । धेरै मानिसहरु मोटोपनाकै कारण चिन्तित देखिन्छन् । मोटोपना घटाउनकै लागि जिमदेखि डाइटिङसम्म धाउने गर्छन् तर पनि मोटोपना झन् झन् बढ्दो छ । त्यसैले, बिना डाइटिङ मोटोपना कम गराउनका लागि खानामा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे यहाँ चर्चा गरिएको छ —
– पालकमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ र यसमा कम मात्रामा क्यालोरी हुने भएकोले मोटोपना कम गर्न पनि सहयोग पु-याउँछ ।
– माछाको सेवनले मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न सहयोग गर्छ । यसमा केही यस्ता तत्व हुन्छन्, जसले शरीरमा बोसोपना कम गराई स्वस्थ बनाउन सहयोग गर्छ ।
– अकबरे खुर्सानीले तन्तुहरूलाई सक्रिय बनाइ शरीरमा भएको बोसोको मात्रा कम गराउने हुँदा अकबरे खुर्सानीको सेवनले पनि मोटोपना कम गराउन सकिन्छ ।
– दुधमा बेसार मिसाएर खाएमा पनि मोटोपना कम गराउन सहयोग गर्छ ।













