• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन के गर्दैछ सरकार ?

by
२९ मंसिर २०८०,
0
रुसी सेनामा गएकालाई स्वदेश फर्काउन के गर्दैछ सरकार ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सोही आरोपमा काठमाडौँका सन्तोष रोका र रोजल महर्जन, सिन्धुपाल्चोकका मनिष न्यौपाने, उदयपुरका हरिबहादुर विश्वकर्मा र क्षितिज गिरी, सिराहाका दीपेन परियार, काभ्रेपलाञ्चोकका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ द्रोणा डाँगी प्रहरी अनुसन्धानमा छन् ।

उनीहरु नेपाली युवालाई भिजिट भिसामा दुबई तथा नेपालबाट सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उक्त गिरोहले प्रतिव्यक्ति रु सात लाखदेखि रु ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताए ।

प्रहरीले रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता सञ्चालन गर्ने केही शैक्षिक परामर्शदाता ९कन्सल्टेन्सी० सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । परम्परागत रुपमा रहेको सम्झौतअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ ।

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताए । सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ ।

“नेपाली युवालाई प्रलोभनमा पारी रुस पु¥याउने गिरोहको खोजीमा सरकार लागेको छ, केही पक्राउ परेका छन्”, उनले भने , “सरकारले सार्वजनिक रुपमा नै युवालाई रुसी सेनामा भर्ना नहुन आग्रह गरिरहेको छ, सरकारी कामकाज, रुसको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्यलाई रुस जान रोकिएको छ ।”

सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रुपमा आह्वान गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको बताएका थिए ।

“अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ”, उनले भनेका थिए , “सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।” प्रधानमन्त्री दाहालले नेपालमै शिक्षा र रोजगारीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै श्रम र पसिना बगाउन अपिल गरेका छन् ।

“नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने ।

सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै यात्रा गर्न सरकारले सबैमा अपिलसमेत गरेको छ ।

हालसम्म रुसी सेनामा भर्ती भएका छ नेपालीको मृत्य भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तानको मुत्यु भइसकेको छ । अझै केही नेपाली युवा रुसी सेनामा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सरकारी अधिकारीको भनाइ छ ।

सरकारले दुई मुलुकबीच सम्झौता भएर अध्ययनका लागि छात्रवृत्तिमा जानेबाहेकका सम्पूर्णलाई रुस जान रोक लगाएको छ । नेपालीहरु रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि रुस जाँदै आएका छन् । नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर केही गिरोह अवैध रुपमा रुस लैजाने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

Previous Post

रामेछापमा जुनार ब्यापारः नफल्दै व्यापारीले किनिसक्छन्

Next Post

पाहुनाको पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
पाहुनाको पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

पाहुनाको पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In