• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुक्का प्रहारको घटना छोप्न खोज्दा…..

by
२९ मंसिर २०८०,
0
मुक्का प्रहारको घटना छोप्न खोज्दा…..
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानका क्रममा धनकुटा पुग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भयो । स्वागतको लाइनमा बसेका महेश राईले ओलीमाथि मुक्का प्रहार गरेका थिए ।

एमाले कार्यकर्ताको लाइनमा उभिएका महेशले अध्यक्ष आलीलाई मुक्का प्रहार गरेको भिडियो क्षणमै भाइरल भयो । तर, एमालेले भने मुक्का प्रहार घटनालाई छोप्ने प्रयास गरेको छ ।

ओलीमाथि आक्रमण भए लगत्तै विज्ञप्ति जारी गर्दै प्रचार विभागका इन्चार्ज राजेन्द्र गौतमले भनेका छन्, ‘अध्यक्षमाथि प्रहार भएको होइन । लाइनमा लामो समय उभिएका कार्यकर्ताले माला लगाइदिने क्रममा अध्यक्षतिर ढल्केका मात्र हुन् ।’

कतिपय कार्यकर्ताले महेश एमालेकै कार्यकर्ता भएको र प्रहरीले नियन्त्रणमा लिएपछि एमाले जिन्दाबाद भन्दै नारा लगाएको समेत भन्न भ्याएका छन् । तर, प्रहरीले नियन्त्रणमा लिने क्रममा महेशले त्यस्तो नारा लगाएको भिडियोमा सुनिएको छैन ।

सारा एमाले अध्यक्ष ओलीमाथि भौतिक आक्रमण भएको तथ्य लुकाउन लागिपरेका छन् । तर, भिडियोमा भने ओलीमाथि आक्रमण भएको स्पष्ट देखिन्छ ।

एमालेले अध्यक्षमाथि आक्रमण नभएको भने पनि प्रहरीले मुक्का प्रहार गर्ने महेश राईलाई तत्काल नियन्त्रणमा लिएको थियो । ओलीमाथि प्रहार नगरेको भए उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिनुपर्ने त्यस्तो खास कारण केही देखिएको थिएन ।

अध्यक्षमाथि भएको आक्रमण लुकाउन लागिपरेपछि सामाजिक सञ्जालमा एमालेजन हाँसोका पात्र बनेका छन् भने कतिपयले भौतिक आक्रमण जस्तो गैर राजनीतिक घटना लुकाएर एमालेले गल्ती गरिरहेको टिप्पणी गरिरहेका छन् ।

आक्रमणपछि ओली बास बस्न धनकुटाकै वसन्तपुर पुगे । मुक्का प्रहार भएको घटना ओझेलमा पार्न अध्यक्ष ओलीको सचिवालयले ओलीको फेसबुकमा ५ वटा भिडियो पोस्ट गरेका थिए । भिडियोमार्फत ओलीको टिमले प्रदेश १ मा एमालेको अवस्था राम्रो रहेको संकेत देखाउन खोजेका छन् ।

सामाजिक सञ्जालमा एमालेको उपस्थिति राम्रो छ । पछिल्लो समय पार्टीको सबै संरचनाका नेतृत्वलाई पार्टीका पक्षमा अनिवार्य पोस्ट गर्न उर्दी जारी भएको छ । बिहीबार साँझ त्यसैको परिणाम देखियो । सारा एमालेले अध्यक्ष ओलीमा प्रहार नभएको भन्दै हरेक कार्यकर्ताले पोस्ट गरेका छन् ।

पहिचानवादीमा खुसीयाली

पहिचान मुद्दामा केपी ओली अनुदार छन् । बारम्बार पहिचान पक्षधरलाई अनेक नाममा गाली गर्दै आएका छन् । त्यसैले, पहिचान पक्षधरको निसानामा एमाले र अध्यक्ष ओली पर्ने गरेका छन् ।

एमालेले झुलाघाटदेखि चिवासम्म अभियान गर्ने निर्णय गरेदेखि नै पहिचानवादी यो अभियान आफ्नो क्षेत्रमा विफल बनाउने पक्षमा लागेका थिए । त्यसैले प्रदेश १ क्षेत्र प्रवेश गरेसँगै एमालेको अभियानले अवरोध सामना गर्न थालेको थियो ।

हजारौँ प्रहरीको सुरक्षामा अभियान अघि बढाउने क्रममा पूर्व मन्त्री गोपाल किरातीसँगै धेरै पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, अवरोध भने झनै बढेको छ ।

पहिचानवादी नेतालाई पक्राउ गराउँदै धनकुटासम्म पुग्दा भने एमालेले मानसिक र नैतिक रूपमा ठूलो धक्का महसुस गरेको छ । जहाँ, अध्यक्ष ओलीमाथि प्रहार भयो ।

एमालेले धक्का महसुस गरिरहेको बेला पहिचानवादी र एमाले विरोधी शक्तिमा भने ठूलो खुसीयाली छाएको छ । धेरैले महेश राई महान् योद्धा भन्दै प्रशंसा गरिरहेका छन् ।

Previous Post

गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छः मन्त्री गुरुङ

Next Post

रामेछापमा जुनार ब्यापारः नफल्दै व्यापारीले किनिसक्छन्

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
रामेछापमा जुनार ब्यापारः नफल्दै व्यापारीले किनिसक्छन्

रामेछापमा जुनार ब्यापारः नफल्दै व्यापारीले किनिसक्छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In