• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाहुनाको पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

by
२९ मंसिर २०८०,
0
पाहुनाको पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्।

पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छिन्।

एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन्। वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएपछि दक्ष बनेकी हुन्।

उनीजस्तै खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आवद्ध छन्। सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन्।

सबै परिवारका सदस्यले पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्दछन्।

त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौरा बताउँछन्।

ुधेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरबास हेर्नका लागि र यस क्षेत्रको मनोरम दृश्यसँगै थारू संस्कृति हेर्नका लागि पुग्ने गर्दछन्ु, उनले भने, ु थारू परिकारका पारखी पनि पुग्ने गर्दछन्।ु

कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए। ुमहामारी फैलिएपछि घरबासमा पाहुना आएनन्ु, पुरनले भने, ुधेरै दिन बन्द नै गर्नुपर्यो, महामारीको अन्त्यपछि पुनः पाहुना फाट्टफुट्टरूपमा आउन थालेका छन्, अझै पहिलाझैं घरबासमा खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ।ु

उनका अनुसार घरबासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ। स्वागत कार्यक्रमपछि पाहुनालाई घरबास सञ्चालकले पालो मिलाएर घर–घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन्।

पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि उनीहरूकै इच्छामा परम्परागत नृत्य देखाउने गरिन्छ। नृत्यपछि पाहुना घरबासमा सुत्नका लागि जाने गरेका छन्। पाहुनाबाट परिकारअनुसारको शुःल्क लिइने गरिएको छ।

ुपाहुनालाई थारू संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँु, घरबास सञ्चालक टीकुराम दहितले भने, ुबूढापाकाबाट संस्कृतिबारे जानकारी दिन्छौँ, परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ, यस कार्यले थारू समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ।ु

गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरमदृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको उनी बताउँछन्। घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए।

ुकोरोनाका कारण घरबास सञ्चालकले निकै घाटा व्यहोर्नुपर्योु, गाउँका बडघर रामप्रसाद चौधरीले भने, ुकोरोनापछि हाल वर्षमा रु ५० हजार जति आम्दानी हुन थालेको छ, घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ।ु गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ।

ुसामुदायिक घरबाससम्म पुग्न सडक कालोपत्र गर्नका लागि नगरपालिकासँग माग गर्दै आएका हौँु, उनले भने, ुनगरप्रमुखलाई यसबारे अवगत गराउनुका साथै अवलोकन गराएका हौँ, अहिलेसम्म अश्वासनबाहेक अरु केही पाउन सकेको छैन।ु

सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट रु दुई लाख, तारागाउँ विकास समितिबाट रु चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट रु १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट रु ३० लाख सहयोग गरिएको छ।

ुजग्गा खरिद र भवन निर्माणकार्य पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छु, उनले भने, ुपरम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ।ु

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरबास सञ्चालनमा लागेकालाई गैससको सहयोगमा नगरपालिकाका तर्फबाट सातदिने तालिम दिइएको नगरउपप्रमुख कल्पना पन्तले बताए।

ुतालिम दिएपछि घरबास सञ्चालकको कार्यक्षमतामा वृद्धि भएको छु, उनले भने, घरबासमा पूर्वाधार निर्माण, सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढाएका छौँ।

पर्यटन बोर्डसँगको लागत साझेदारीमा पर्यटकीय क्षेत्रसँगै घरबास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

उनका अनुसार वडा नम्बर ३ मा खयरकन्द्रा सामुदायिक घरबास सञ्चालनमा रहेको छ भने वडा नं ७ मा कृष्णसार सामुदायिक घरबास विधिवत रुपमा दर्ताभई सञ्चालनको तयारीमा छ।

वडा नं ८ मा घरबास सञ्चालनको तयारी गरिएको छ। पर्या पर्यटन प्रवद्र्धनका लागि नगरपालिका क्षेत्रभित्रका दर्शनिय पर्यटकीय स्थलहरुको अबलोकन गराउने व्यवस्था गराइने उनको भनाइ छ।

Previous Post

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन के गर्दैछ सरकार ?

Next Post

सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्यो प्रेम

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्यो प्रेम

सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्यो प्रेम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In