काठमाडौँ । कार्तिक आर्यन र सारा अली खान फेरी एक पटक एकसाथ फिल्ममा देखिने भएका छन् ।
२०२० मा रिलिज भएको इम्तियाज अलीको फिल्म ‘लभ आज कल’ पछि कार्तिक र साराले अब हरर कमेडी ‘भूल भुलैया ३’ मा एक साथ देखिने भएका हुन् । बलिवुड हंगामाका अनुसार यो फिल्म फेब्रुअरी २०२४ मा फ्लोरमा जाने भएको छ । भूल भुलैया२०२४ को दिपावलीमा रिलिज हुने भएको छ ।
कार्तिक, कियारा आडवाणी र तब्बु स्टारर फिल्म ‘भूल भुलैया २’ को सफलतालाई अगाडि बढाउँदै निर्देशक अनीस बज्मी र निर्माता भूषण कुमार यस फ्रेन्चाइजको तेस्रो भागमा काम बनाउने भएका छन् ।
यसअघि अफेयर्समा रहेका कार्तिक र सारा ब्रेकअपपछि ‘भुल भुलैया ३’ मार्फत व्यावसायिक रूपमा आफ्नो सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।
हालै कफी विथ करण सिजन ८ को एपिसोडमा साराले कार्तिकसँगको ब्रेकअपको बारेमा कुरा गरेकी थिइन् । साराले आफ्नो ब्रेकअपको सामना गर्न सजिलो नभएको बताएकी थिइन् ।













