हङ्गेरीमा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।
राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन्। साथै ठाउँ(ठाउँमा रूखहरू ढलेकोर हाँगा भाच्चिएर सडक आवागमन समेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन्।
नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन्। ठाँउ ठाँउमा अवरुद्ध पनि भएका छन्। हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका छन्।
त्यसै गरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेल सेवा पनि अवरुद्ध भएका छन्।
राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी ९एफकेएफ० ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ।
पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन्।
उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।













