• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जलवायु परिवर्तनको असरः हराए हिमालको हिउँ र ताल

by
२२ मंसिर २०८०,
0
जलवायु परिवर्तनको असरः हराए हिमालको हिउँ र ताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउछन् । उनी भन्छन्, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।”

उनी भन्छन्, “हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो । अहिले बगर बनेको छ । ताल नै छैन । त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन । आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो ।” पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउछन् ।

उनी भन्छन्, “किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ । समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ । समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन् । हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ ।” उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उनी बताउछन् ।

याङदुङ भन्छन्, “हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै १ हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ ।”

जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउछन् । उनी भन्छन्, “पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ । अहिले लार्के पिक हराएको छ ।”

“मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ । तर त्यो लार्के पिक अहिले छैन”, गुरुङ थप्छन्, “२०४३ सालसम्म लार्के पिक थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन । यस्ता विषयलाई सरकारले गम्भीर रुपमा लिन सक्नुपर्ने हो ।” पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो । “हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ”, गुरुङ भन्छन्, “उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा विपद खेप्नुपरेको छ । तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौँ ।”

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउछन् । अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ । उनी भन्छन्, “यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो । हामीले देखेका यी हिमनदी ९ग्लेसियर० माथि सरेका छन् । यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ रु” नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन्, “ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा ९लमजुङ० सम्म परेको हिउँ लामो समय रहन्थ्यो । आजभोलि आरीघोप्टे पानी पो पर्छ । गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्यो । त्यो पनि पर्याप्त परेन ।”

खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उनी बताउछन । “यहाँका डाँडाहरुमा भेटिने हाब्रे पनि लोप भएका छन् । डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५–७ वटा हुन्थ्यो । १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि देखिदैन”, उनी भन्छन् ।

हिमाली जिल्लामा विपद्

विसं २०७८ मा मनसुनको सुरुआतमै विपद आइलाग्यो । मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्यायो । मस्र्याङ्दी किनारका बस्ती खण्डहर भए । विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो । अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो । जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन । मस्र्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन् । विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ । यसले पनि यहाँका स्थानीयमा त्रास छ ।

मस्र्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन् । “नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन । एक्कासी बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो । हामीभन्दा पनि ज्येष्ठ व्यक्तित्वले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौँ”, नासों गाउँपालिका–१ का वडाध्यक्ष मिनराशी गुरुङ भन्छन्, “अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन् । परम्परागत बुझाइ अनुसार कली बहुलाएको भन्ने पनि गरिन्छ ।”

उनले तालगाउँका खोलामा बिस्तारै माछा भेटिन थालेको बताए । “यहाँका खोला नदीमा माछा नै पाइँदैन थियो । अहिले देखिन थालेको छ । यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो । पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौँ । तर ल्याएर हालिएको भुरा नै मरे”, उनले भने, “आजभोलि खोलामा माछा मज्जासँग खेलिरहेको देखिन्छ । अनौठै लाग्छ ।”

चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ । तर, विगतमा ट्राउट माछा बाँच्नै नसक्ने भए पनि अहिले व्यावसायिक रुपमा पाल्न थालिएको उनले बताए । नासों गाउँपालिका–६ तिल्चेका होटल व्यवसायी गुणराज गुरुङ भन्छन्, “हिउँ पर्ने सिजन नै फेरिएको छ । हामीले उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरिरहेका छौँ ।”

उनी भन्छन्, “पुस–माघमा बेस्सरी हिउँ पथ्र्यो । आजकल वैशाख, जेठमा पर्छ । यसको कारण के हो रु झारपातमा पनि धेरै फरकपन आएको छ । नौलो नौलो झारपात देखिन थालेका छन् । हाम्रो ठाउँमा खुर्सानी र गोलभेँडा हुन्थेन । आजभोलि व्यावसायिक खेती हुन थालेको छ । भेडेखुर्सानी मजाले उत्पादन भइरहेको छ ।”

यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उहाँ बताउनुहुन्छ । “प्याज, काँक्रो पनि उत्पादन हुन थालेको छ,” उनी भन्छन्, “यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । विगतमा बाक्लो ज्याकेट र स्वीटर लगाएर बस्ने हामी अहिले दिउँसोमा टिसर्ट लगाएर बस्छौँ ।” गुणराज भन्छन्, “कारण के हो भन्ने त हामी गाउँलेलाई के थाहा रु तर वर्षैपिच्छे दैनिकीमा ठुलो अन्तर भोगिरहेका छौं ।” हिउँ पर्ने स्थानमा अहिले झरी पर्न थालेको उनी सुनाउछन् ।

दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्यो । हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे । अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो । केही घर बगायो पनि । “आम्मामा पहिलो पटक फूमा यत्रो ठूलो झरी पर्यो । गाउँलेको भागदौड नै चल्यो नि,” नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामा भन्छन्, “ग्लेसियर पग्लेर जमिन मरुभूमि जस्तो हुन थालेको छ । गाउँलेको जीवनमा धेरै सङ्कट आइरहेको छ ।” उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरु हराएको उनी बताउछन् ।

नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ । सन् १९९४ मा नाप्दा तालको लम्बाई एक हजार तीन सय मिटर थियो । सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो । अहिले नाप्यो भने अझै बढेको छ । “तालको लम्बाइ बढ्यो, चौडाई चाहिँ घटेको छ । कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,” नासों–५ का वडाध्यक्ष थुतेन लामा भन्छन् । अचेलका अव्यवस्थित विकासका कारण भू–क्षयका घटना बढेका उनी बताउछन् ।

हिमाली क्षेत्रमा लामो समय अनुभव बटुल्नुभएका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रुप देखाएको बताउछन् । “हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजो जस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु रु माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,” उनी भन्छन्, “जङ्गलमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ ।” सरकारले समयमै जलवायु परिवर्तनको नियन्त्रणको उपाय खोज्नुपर्ने उनको भनाई छ ।

पर्याप्त हिउँ परेन

गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन । विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन । गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन । सो समयमा आंशिकमात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे भन्छन् । “पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन”, उनले भने, “यस वर्ष सुरुआती हिमपात भयो । जाडो सुरु भएको छ । डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ, तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन ।”

गत वर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रुपमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङका ओमबहादुर गुरुङले बताए । “विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्मे भएर ढाकिएको हुन्थ्यो, गत वर्ष आंशिक रुपमा देख्न पनि मुस्किल भयो,” उनले भने । हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्यो, मनाङका कृषक चिन्तित भए । हिमाली जिल्लामा नै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङले बताए । “मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हो, हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन”, उनले भने ।

मनाङमा कात्तिकको अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन । वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन् । यसरी हिउँको पानी सिञ्चित भएर खेतीपाती गरिने स्थानमा हिमपात नहुँदा मनाङ लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषकको उत्पादन घट्ने क्रम बढ्दो छ ।

Previous Post

फिल्म ११ः ५५ निर्माण घोषणा

Next Post

ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनीः नेपाल ‘असफल राष्ट्रको पूर्व संकेत’

सम्बन्धित खबर

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
Load More
Next Post
ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनीः नेपाल ‘असफल राष्ट्रको पूर्व संकेत’

ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनीः नेपाल ‘असफल राष्ट्रको पूर्व संकेत’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In