• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

by
१६ मंसिर २०८०,
0
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके – मित्थु थारु आइतवार विहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए।

उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए।

कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे।

चित्रकलाको चारवर्षे अध्ययन सकेर २ वर्षदेखि व्यावसायिक रुपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार रुपैयाँ पाएको उनले सुनाए।

‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ। त्यसबाट २५ हजार पाएको थिएँ,’ उनले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक ७० हजारदेखि १ लाखसम्म हुने गर्छ।

यतिवेला उनी बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्।

उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी ९अप्सरा०, थारुका राजा ९दंगीशरण०, भेंवाँ ९भीम०, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्ति कुँदेबापत २५ देखि ३० हजार रुपैयाँसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए।

मित्थुले दाङको दंगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाइरहेका छन्। थारु संस्कृति जागरणाकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उनको भनाइ थियो।

Previous Post

विकिनीमा नायिका बर्षा शिवाकोटी (फोटो फिचर)

Next Post

कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने

सम्बन्धित खबर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

१६ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१६ चैत्र २०८२,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
समाचार

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

१६ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१६ चैत्र २०८२,
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
फिचर-ब्यानर

आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

१६ चैत्र २०८२,
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति
फिचर-ब्यानर

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

१६ चैत्र २०८२,
Load More
Next Post
कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने

कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In