• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुलाईमा भित्रिए ७० हजार पर्यटक

    एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    ‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

by
८ मंसिर २०८०,
0
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी– भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल-टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।

दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिएका छन् । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं ९, १०, ११, १२, १३ र १४ मा घाइते तथा बिरामीको निःशुल्क स्वास्थ्य जाँच तथा बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराइएको हो ।

नगरपालिकामा दुई दिन सञ्चालन गरिएको शिविरमा जाँच गरिएका घाइते तथा बिरामीमा कुनै न कुनै खालको समस्या देखिएको रोकायले बताए । नगरपालिकामा बढी प्रभावित वडा नं ९ देखि १४ सम्मका घाइते, बिरामी तथा सर्वसाधारणको जाँच गर्दा ज्वरो, रुघाखोकी, पखाला, शरीर दुख्नेदेखि मानसिक समस्यासम्म देखिएको उनले जानकारी दिएका छन् ।

सामान्य खालका बिरामीलाई औषधि दिइएको जनाउँदै मानसिक समस्या देखिएकालाई तत्कालका लागि सामान्य परामर्श दिइएको रोकायले बताएका छन् । सामान्य परामर्शले मानसिक समस्या कम नहुने भएकाले यही मङ्सिर ११ गते नगर अस्पतालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश शिविरमा सञ्चालन गरिने उनले जानकारी दिए ।

नगरपालिकाको आयोजनामा सिएमसी नेपालको प्राविधिक सहयोगमा वरिष्ठ मानसिक रोग विशषज्ञद्वारा मानसिक तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । भूकम्पका कारण बढी प्रभावित क्षेत्रमा पीडितमा मानसिक समस्या देखिएकाले आवश्यक सुझाव दिई तनाव कम गर्न वडा-वडामा विभिन्न मनोसामाजिक परामर्श सेवा केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक रोकायले जानकारी दिएका छन् ।

पीडितको समस्या बुझ्न, आवश्यक सल्लाह, सुझाव दिन र मानसिक समस्या पहिचानको विवरण संकलन गर्न विभिन्न सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरिरहेका नगरउपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। उनका अनुसार सामाजिक क्षेत्रमा काम गर्दै आएका ओरेक, टिपिओ, सिएमसी र सोसेस नेपालले सहकार्य गरिरहेका छन् । उपप्रमुख शाहीले बढी प्रभावित क्षेत्र तथा आफन्त गुमाएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर परामर्श सेवा दिइने जानकारी दिइन् ।

पछिल्लो समय अत्यधिक चिसो बढेकाले परिवारमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको आठबीसकोट–१३ भल्माका स्थानीय हरिबहादुर ओलीले बताएका छन्। उनका अनुसार केही भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माण भए पनि धेरै पीडित घरपरिवार अस्थायी आवास निर्माण नहुँदा भूकम्पपीडित त्रिपालमै रात कटाउन बाध्य छन् । अस्थायी आवास समयमै नबन्ने हो र त्रिपालकै साहारा भइरहने हो भने अझ धेरै स्वास्थ्य समस्या देखिने शिक्षक भीवबहादुर ओलीको भनाइ थियो ।

Previous Post

गिडिदह प्रवर्द्धनका लाग पदमार्ग

Next Post

गतिलो आम्दानी बन्दै बाख्रापालन व्यवसाय

सम्बन्धित खबर

जुलाईमा भित्रिए ७० हजार पर्यटक
आवाज

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

२४ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

२४ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

२४ चैत्र २०८२,
राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
समाचार

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

२४ चैत्र २०८२,
फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा
फिचर-ब्यानर

फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

२४ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

२४ चैत्र २०८२,
Load More
Next Post
गतिलो आम्दानी बन्दै बाख्रापालन व्यवसाय

गतिलो आम्दानी बन्दै बाख्रापालन व्यवसाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In